• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक


नेपाली अपडेट
शुक्रबार, फाल्गुन २८, २०७७
 
काठमाडौं, शुक्रवार २८ फाल्गुन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। अपरान्ह ३ बजे पार्टीको आन्तरिक बैठक डाकेका हुन्। बैठकमा उनले आफूले चाल्न लागेको भावी नीतिबारे ब्रिफिङ गर्नेछन्। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई ब्रिफिङ गरी सुझाव लिएलगत्तै देउवाले जनता समाजवादी पार्टीको नेतृत्वसँग भेटवार्ता गर्दैछन्। उनले अपरान्ह ४ बजे जसपासँगको बैठक बोलाएका हुन्। देउवा प्रधानमन्त्रीको दौडमा रहँदा सत्तासमिकरणका लागि जसपासँग कुराकानी गर्न लागेको बुझिएको छ। पछिल्लो समय जसपा प्रधानमन्त्री ओली, काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तानातानमा परेको छ।
प्रकाशित भएको : March 12th, 2021

सम्वन्धित समाचारहरु