• मङ्लबार, साउन १२, २०७८
  • | July 27, 2021


को बन्ला जसपा संसदीय दलको नेता?


नेपाली अपडेट
शुक्रबार, फाल्गुन २८, २०७७
 

काठमाडौं, शुक्रवार २८ फाल्गुन

जनता समाजवादी पार्टीलाई सत्ताको मौका आउने छाँटकाँट देखिदैछ। जसपाभन्दा बढी सिट भएका तीन राजनीतिक दलबीच सरकारको नेतृत्वका लागि खिचातानी परेपछि जसपालाई मोका आउने छाँट देखिएको हो।

नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता समिकरणको सम्भावना न्यून छ। यद्यपि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन। यो प्रचण्डको रणनीतिक चार्तुयता हो।

काँग्रेस र एमालेबीच सत्ता समिकरणको सम्भावना पनि कमजोर छ। माओवादी केन्द्रले देउवालाई समर्थन गरेपनि जसपाको ध्यान आफै सरकारको नेतृत्व गर्नेतर्फ छ।

जसपाभित्र सरकारको नेतृत्वका लागि संसदीय दलको नेता बन्ने दौड चलेको छ। त्यसमा महन्थ ठाकुर र डा. बाबुराम भट्टराईबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ। ठाकुर सरकारमा जाने र नेतृत्व गरेरै बढ्ने रणनीतिमा छन्। बाबुराम पनि नेतृत्व गर्न पाए मात्र अघि बढ्छन्।

यद्यपि, बाबुरामले सत्ताको मुसा दौडमा जसपा नभएको बताएका छन्। तर, कुनैपनि बेला जसपाले सत्ता समिकरण गर्ने सम्भावना छ।

सरकारको नेतृत्व पाए ठाकुर या भट्टराईमध्ये एकको सम्भावना छ। जसपा संसदीय दलमा ठाकुर पक्ष बलियो छ। तर, रणनीतिक चार्तुयताले भट्टराईले बाजी मार्ने सम्भावना बलियो देखिदैछ।

प्रकाशित भएको : March 12th, 2021

सम्वन्धित समाचारहरु