
शुक्रबार, फाल्गुन २८, २०७७
काठमाडौं, शुक्रवार २८ फाल्गुन
प्राइम कमर्सियल बैंकको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ ऋणपत्र आजदेखि बिक्री खुल्ला गर्ने भएको छ। बैंकका अनुसार ८.७५ प्रतिशत ब्याजदरको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।
बैंकले निष्कासन गर्ने ऋणपत्रको मिति फागुन १९ बाट सारेर फागुन २८ गते (आज)लाई सारेको हो। ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ नामको उक्त ऋणपत्र मध्ये १४ लाख कित्ता सर्वसाधारणको लागि, व्यक्तिगत संघ संस्थालाई २१ लख कित्ता बिक्रि गर्ने बैकले जनाएको छ। ऋणपत्रमा न्युनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि इच्छुकले आवेदन दिन सक्ने भएका छन्।
प्रकाशित भएको : March 12th, 2021