• आइतवार, चैत्र २९, २०७७
  • | April 11, 2021


तोलामा ४०० ले बढ्यो सुनको मूल्य


नेपाली अपडेट
आइतवार, चैत्र १, २०७७
 
काठमाडौं,आइतबार  १ चैत्र  स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ। फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो।
प्रकाशित भएको : March 14th, 2021

सम्वन्धित समाचारहरु