• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


फ्रेण्डशिप हस्पिटलद्वारा जनस्वास्थ्यमा चासो


नेपाली अपडेट
आइतवार, चैत्र १, २०७७
 

काठमाडौं,आइतबार  १ चैत्र 

“सर्व सुलभ उपचार हाम्रो पहिचान, स्वस्थ्य नागरिक हाम्रो अभियान” को पवित्र नारा लिएर स्थापित फ्रेण्डशिप कम्यूनिटि हस्पिटलले नागरिकको स्वास्थ्य प्रती चासो लिदै नि:शुल्क स्वास्थ्य परिक्षण गरि औषधि वितरण गरेको छ।

महाशिवरात्री पर्वको अवसरमा बूढानीलकण्ठ नगरपालिका १० स्थित सिद्धेश्वर महादेव मन्दिरमा दर्शनार्थ आउने करिब तीनसय भन्दा बढी श्रद्धालु भक्तजनहरुको स्वास्थ्य नि:शुल्क परिक्षण गरि औषधि वितरण गरिएको हस्पिटलका सचीव जे.बि.दीपक अधिकारीले एचटिभी खबरलाई जानकारी दिएका छन्। विशुद्ध सामाजिक सेवाकार्यमा समर्पित फ्रेण्डशिप हस्पिटल निम्न स्तर मध्यम स्तर सबैको पहुँचमा रहने गरि संचालन गरिएको पनि अधिकारीले बताएकाछन्। अन्य हस्पिटलको तुलनामा एकदम न्यून शुल्कमा उपचारमा ६ प्रकारको विशेषज्ञ सेवा दिनेछ।

फाल्गुन २९ गते शनिवार हस्पिटलका मिडिया विभाग प्रमुख सबिन पन्त ‘पृथक’ को समन्वयमा नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो र तेस्रो प्रतिनिधि सभा स्थलमा नि:शुल्क स्वास्थ्य जाँच गरिएको थियो। उक्त सभामा बागमती प्रदेश अन्तर्गत रहेका १३ वटा जिल्लाभरबाट आएका शिक्षक प्रतिनिधिहरु करिब १५० जना र नेपाल शिक्षक महासंघका उपमहासचिव सुन्दर पन्त साथै नेपाल शिक्षक संघ संघीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एमपी भुषालको स्वास्थ जाँच गरिएको गरिएको हो।

कार्यक्रमको अन्त्यमा नेपाल शिक्षक संघ बागमती प्रदेश अध्यक्ष नारायण तिमल्सिनाले कार्यक्रममा उपस्थित शिक्षकहरुको नि:शुल्क स्वास्थ्य गरिदिएकोमा हस्पिटल प्रति आभार व्यक्त गरेका थिए। देशभरमा शिक्षकको लागि प्राथमिकता दिएर उपचार गर्ने छुट्टै हस्पिटल नभई रहेको अवस्थामा फ्रेण्डशिप कम्यूनिटी हस्पिटलले शिक्षकको लागि प्राथमिकता दिएर बिशेष छुट सहित उपचार गर्ने भन्नू गर्वको कुरा रहेको पनि अध्यक्ष तिमल्सिनाले बताए।

प्रकाशित भएको : March 14th, 2021

सम्वन्धित समाचारहरु