• आइतवार, चैत्र २९, २०७७
  • | April 11, 2021


एमाले र माओवादी केन्द्र फेरि एक हुने सम्भावना


नेपाली अपडेट
सोमवार, चैत्र २, २०७७
 

काठमाडौं,सोमवार  २ चैत्र 

नेपालको राजनीतिमा फेरि अर्को ट्वीस्ट भएको छ। औपचारिक रुपमा विभाजित भएको ८ दिनमै नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक हुने सम्भावना भएको छ।

एमाले र माओवादी केन्द्रबीच एकता गर्न विभिन्न विकल्पमा छलफल बढेको छ। त्यसका लागि एकता अभियानका संयोजक बामदेव गौतम सक्रिय हुँदै आएका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच सहमति बनाउन प्रयास गर्दै आएका थिए।

हिजो साँझ गौतमले माधवकुमार नेपाल र झलनाथ खनालसँग गोप्य छलफल गरेका थिए। उक्त छलफलमा वार कि पार गर्नेबारे कुरा भएको थियो। गौतमलाई संयोजक बनाउन अगाडि बढाउन नेपाल र खनाल पनि सहमत भएका थिए। सकेसम्म पार्टी एकता गर्न ओलीसँग कुरा गर्ने नभए छुट्टै तरिकाले बढ्ने सहमति बनेको थियो। त्यसको परिणाम आज ओली र नेपालबीच भेटवार्ता भएको हो।

सर्वोच्च अदालतले २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने गरी फैसला सुनाएको थियो। त्यसपछि निर्वाचन आयोगले पार्टी छुट्टै बनाउने या एकताका लागि आउने भन्नेबारे जानकारी गराएको थियो। आयोगले १५ दिनभित्र एमाले र माओवादी केन्द्रलाई निर्णय लिएर आउन समय दिएको छ। त्यो समय अझै १० दिन बाँकी छ। अबको दश दिनभित्र एमाले र माओवादी केन्द्र एक हुने या अलग हुने टुंगो लाग्नेछ।

प्रकाशित भएको : March 15th, 2021

सम्वन्धित समाचारहरु