• बिहिबार, साउन १४, २०७८
  • | July 29, 2021


लागूऔषध सहित पक्राउ


नेपाली अपडेट
सोमवार, चैत्र २, २०७७
 

काठमाडौं,सोमवार  २ चैत्र 

नियन्त्रित लागूऔषध सहित एकजना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम २ सय एम्पुल, नुर्फिन २ सय एम्पुल र फेनारगन २ सय एम्पुल सहित भारत मोतिहारी घर बताउने २२ वर्षीय उपेन्द्र कुसुवालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना।१ ज ६०४० नम्बरको टाटा सुमोलाई नागढुङ्गास्थित चेक प्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार कुसुवालाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

प्रकाशित भएको : March 15th, 2021

सम्वन्धित समाचारहरु