• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


माओवादीले किन ओली सरकारलाई दिइआएको समर्थन फिर्ता लिएन ?


नेपाली अपडेट
सोमवार, चैत्र २, २०७७
 
काठमाडौं,सोमवार  २ चैत्र  ्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिन तयार छैनन्। ओलीलाई जतिसक्दो छिटो सत्ताबाट हटाउन सक्रिय भएका प्रचण्डले किन समर्थन फिर्ता लिइरहेका छैनन् ? चासोको विषय बनेको छ। प्रधानमन्त्री ओलीले पनि आफूलाई माओवादी केन्द्रले दिइआएको समर्थन छिटो फिर्ता लिई अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन्। उनले यसो भनिरहेपनि प्रचण्ड मौन छन्। माओवादी केन्द्रको बैठक पटक पटक बसेपनि सरकारलाई दिआएको समर्थन फिर्ता लिनेबारे निर्णय लिएको छैन। सरकारलाई दिइआएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। त्यस्तो अवस्थामा ओली सरकार अझ लामो समय टिक्ने सम्भावना रहन्छ। त्यही बुझेर प्रचण्ड सतर्क बनेका छन्। उनले सरकारलाई दिइआएको समर्थन फिर्ता नलिई ओली हटाउने रणनीतिसहित बढेका छन्। अकस्मात् सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने ओलीविरोधी समूहको तयारी छ। समर्थन फिर्ता लिनेभन्दा पनि सिधै अविश्वासको प्रस्तावको तयारी छ। त्यसका लागि समिकरण बनाउने गरी गृहकार्य भइरहेको छ।
प्रकाशित भएको : March 15th, 2021

सम्वन्धित समाचारहरु