• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


नेकपा सरकारले भत्काएका संबैधानिक मूल्यमान्यतालाई बनाउन सरकारमा जान्छौं : गगन थापा


नेपाली अपडेट
सोमवार, चैत्र २, २०७७
 
काठमाडौं,सोमवार  २ चैत्र  पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली काङ्ग्रेसका युवानेता गगन कुमार थापाले विगतमा नेकपाको सरकारले गरेका गल्तीलाई सच्याउन र भत्काएका संबैधानिक संरचनालाई पून:निर्माणका लागि नेपाली काङ्ग्रेस सरकारमा जाने बताएका छन्। नेपाली जनताले नेकपालाई पाँच बर्षको लागि सरकार चलाउन र नेपाली काङ्ग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको निगरानी गर्न म्यान्डेट दिएको भएता पनि नेकपा भित्रको आपसी खिचातानी र जालझेलको कारण नेपाली जनताले रगत बगाएर प्राप्त उपलब्धि लोकतान्त्रिक गणतन्त्र नै धरापमा पार्ने काम भएको बताए। राजतन्त्रमा राजाको व्यवहार तानाशाहको भएकोले जनताका छोराछोरी नै त्यो ठाँउमा हुनुपर्ने भनेर नै नेपालको ईतिहासमा नेपाली काङ्ग्रेसले संविधान सभाको माग गर्दै राजतन्त्र विरोधी आन्दोलन गर्दै आएको र फलस्वरूप २०६२/६३ मा तत्कालीन नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा भएको निर्णायक जनआन्दोलनद्वारा पूनस्थापित संसदबाट २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधान सभाको निर्वाचनबाट निर्वाचित पहिलो संविधान सभाको निर्णयले गणतन्त्रको स्थापना गरेको स्मरण गराएका थिए। नेपाली जनताको जीतको अनुभुती गर्दै २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गरि गणतन्त्रको घोषणा गरि त्यो राष्ट्रको सर्वोच्च स्थान राष्ट्रपतिमा जनताकै छोरीलाई पुराएपनि नेपाली जनतको भावनामा कुठाराघात गर्दै राष्ट्रपतिले केपी ओलिको मतियार बन्दै प्रतिनिधि सभा विघटन गर्नुनै नेकपाको लागि अनुत्पादक भएको बताए।
प्रकाशित भएको : March 15th, 2021

सम्वन्धित समाचारहरु