• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


सुनको मूल्य लगातार दोश्रो दिन पनि स्थिर


नेपाली अपडेट
मङ्लबार, चैत्र ३, २०७७
 

काठमाडौं, मङ्गलवार ३ चैत

सुनको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ। चैत ३ गते मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८६ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। यस साताको पहिलो कारोबार दिनदेखि सुन यसै मूल्यमा किनबेच भइरहेको हो।

सुनको भाउ स्थिर रहेता पनि चाँदीको भाउ भने निरन्तर वृद्धि भइरहेको छ। मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढ्दा प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार हुँदैछ। सोमबार पनि चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २७५ रुपैयाँ तोकिएको थियो। मंगलबार अन्तरराष्ट्रिय बजारमा भने सुनचाँदीको भाउमा बढोत्तरी भएको छ। यस दिन सुन प्रति अउन्स चार डलरभन्दा बढिले बढेर प्रति अउन्स एक हजार ७३६ डलर बराबरमा खरिदबिक्री हुँदैछ।

प्रकाशित भएको : March 16th, 2021

सम्वन्धित समाचारहरु