• आइतवार, चैत्र २९, २०७७
  • | April 11, 2021


माओवादी संसदीय दलको नेतामा दाहाल


नेपाली अपडेट
मङ्लबार, चैत्र ३, २०७७
 
काठमाडौं, मङ्गलवार ३ चैत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ। संसदीय दलको आजको बैठकले नेता देव गुरुङलाई प्रमुख सचेतकमा चयन गरेको नेता वर्षमान पुनले राससलाई जानकारी दिए। दलको उपनेता र सचेतक भने चयन गर्न बाँकी छ। उनका अनुसार राष्ट्रियसभा संसदीय दलको नेतामा पुनः दिनानाथ शर्मालाई नै चयन गरेको छ। बैठकले प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका दुई गरी छ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ। हाल नेकपा (एमाले)मा रहेका उनीहरूसहितका २२ नेतालाई यसअघि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकलेसमेत स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको थियो । सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बदर गरी माओवादी केन्द्र र नेकपा (एमाले) पार्टी नै कायम रहेको फैसला सुनाएपछि दुवै दल पदाधिकारी चलनमा लागेको छ। बैठकले गत फागुन २३ गते सर्वाेच्चले गरेको फैसला बेठिक रहे पनि कार्यान्वयन गर्ने निर्णय पनि गरेको नेता पुनले जानकारी दिए। त्यसपछि माओवादी केन्द्रको संसदीय दलको यो पहिलो बैठक हो। प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक कदम चालेको अदालतले फैसला गरिसकेकाले नैतिकरुपमा राजीनामा दिनुपर्ने दलको निष्कर्ष रहेकोसमेत उनले जानकारी दिए।
प्रकाशित भएको : March 16th, 2021

सम्वन्धित समाचारहरु