
बुधबार, चैत्र ४, २०७७
काठमाडौं, बुधवार ४ चैत
आज नेपाली बजारमा सुनको मुल्य बृद्वि भएको छ । बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो। आज छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने आज घटेको छ। चाँदी प्रतितोला बुधबार १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। मंगलबार ५ रुपैयाँले बृद्धि भएर १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित भएको : March 17th, 2021