• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


पूर्वराज्यमन्त्री जबेगु माओवादी परित्याग गरी एमाले प्रवेश


नेपाली अपडेट
बुधबार, चैत्र ४, २०७७
 

काठमाडौं, बुधवार ४ चैत

पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु नेकपा एमाले प्रवेश गरेका छन्। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि एमाले प्रवेश गरेका जबेगु संविधानसभा सदस्य समेत हुन।

उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद थिए। जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षि बिकास राज्यमन्त्री थिए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनु अगाडि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकतापछि जिम्मेवारी विहीन थिए। एकताको क्रममा कुनै पनि जिम्मेवारी नदिइएपछि असन्तुष्ट रहेका जबेगुले दृष्टिन्यूजसँग कुरा गर्दै भने– ‘पार्टी एकतापछिको यो समयसम्म कुनै पनि जिम्मेवारी दिइएन। पार्टी नेतृत्वले यो कारण कारवाही गरियो पनि भनेन त्यसैले पार्टी परित्यग गरे।’ पार्टीले पहिले नेकपा एमालेलाई जुन दृष्टिकोणबाट हेर्ने गरेको थियो त्यो पार्टी एकताको क्रममा सकियो, त्यसैले एमाले र माओवादी जता रहेर पनि जनताको काम गर्न सकिन्छ भन्ने मेरो बुझाइ हो, उनले भने।

प्रकाशित भएको : March 17th, 2021

सम्वन्धित समाचारहरु