• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


भक्तपुरको एक मःम पसलमा सिलिण्डर पड्किँदा ६ जना घाइते


नेपाली अपडेट
सोमवार, चैत्र ९, २०७७
 

काठमाडौं, सोमवार ९ चैत

भक्तपुरको एक मःम पसलमा ग्याँस सिलिण्डर पड्किँदा ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार पसलमा खाजा बनाउने बेला ग्याँस सलिण्डर पड्किएर आगलागी भएको छ। आइतबार साँझ सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएको छ।

आगलागीमा पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, उनका नातेदार काठमाण्डौ कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्की घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरु डाःईवामुरा अस्पतालमा सामान्य उपचार पश्चात कीर्तिपुर बर्न सेन्टर अस्पतालमा रिफर भैसकेका छन्।

आगलागीमा ३ जना ग्राहक पनि घाइते भएका छन्। झापा विश्वशान्ति गाउँपालिका–२ घर भई भक्तपुरको सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक–५ कटुन्जे बस्ने वर्ष १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापा घाइते भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित भएको : March 22nd, 2021

सम्वन्धित समाचारहरु