• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


लायन्स क्लब आरम्भ देउरालीको नि:शुल्क स्वास्थ्य सिविर


नेपाली अपडेट
मङ्लबार, चैत्र १०, २०७७
 

काठमाडौं, मंगलवार १० चैत

लायन्स कलब अफ इन्टर नेशनल डिष्टिक ३२५ बी १ अन्तर्गत लायन्स कल्ब अफ काठमाडौं आरम्भ देउरालीले बेथानचोक -२, ढुङ्गखर्क काभ्रेपलान्चोकमा रहेको श्री पार्वती उच्च माध्यमिक विद्यालय वृहत निःशुल्क स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण र औषधी वितरण गरेको छ।

कार्यक्रम लायन्स कल्ब अफ काठमाडौं आरम्भ देउराली कि अध्यक्ष कल्पना घिमिरेको अध्यक्षता तथा पिएमसिसी गिरिधारि शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिष्ट्रिक डिपार्टमेन्ट चिफ रत्न पराजुली, गा.पा.अध्यक्ष प्रेमबहादुर तिमिल्सिना, जोन चियरपर्सन गीता शर्मा चापागाईं, विद्यालयका प्रधानाध्यापक गोविन्द शर्मा लगायतलायन्स कल्ब अफ काठमाडौं आरम्भ देउरालीका परिवारको उपस्थिति रहेको थियो।

डाक्टर सुशील आचार्य, डा.सवनम संग्राैला, डा.सोफिया दाहाल, डा.सविता सिग्देल, मेडिकल टेक्नोलोजीष्ट खुमराज शर्मा लगायतको स्वास्थ्यकर्मीको समूहले स्वास्थ्य जाँच गरेका थिए। कार्यक्रममा आमन्त्रित लायन लिडरको उपस्थितिमा सुगर, पेसर, प्रसुति सम्बन्धि र डेन्टल सम्बन्धि बिरामीको चेकजाँच गरिएको थियोे।

प्रकाशित भएको : March 23rd, 2021

सम्वन्धित समाचारहरु