• बिहिबार, साउन १४, २०७८
  • | July 29, 2021


कांग्रेस सरकारमा जाँदैन्, प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अगुवाई गर्दैन्


नेपाली अपडेट
मङ्लबार, चैत्र १०, २०७७
 
काठमाडौं, मंगलवार १० चैत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी तत्काल सरकारमा नजाने स्पष्ट पारेका छन्। मंगलबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न मत दिएको भन्दै सरकारमा नजाने स्पष्ट पारेका छन्। सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनको लागि अगुवाई नगर्ने स्पष्ट पारे। उनले भने–‘कांग्रेस विपक्षी पार्टी हो, सरकारमा जाने कुरा हुँदैन्।’ देउवाले संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव लैजानेबारेमा पनि आफ्नो पार्टीले अगुवाइ नगर्ने बताए। त्यसो भए अविश्वासको प्रस्ताव कसले ल्याईदिनुपर्ने हो ? जसपाले ल्याईदिनुपर्ने हो कि ? भनेर एक पत्रकारले सोधेको प्रश्नमा देउवाले भने–‘यो त हामीलाई थाहा नै छैन नि।’ देउवाले झोक्किँदै कांग्रेस विपक्षी पार्टी भएको भन्दै पाँच÷छ पटकसम्म विपक्षी पार्टी भन्दै नाम लिए।
प्रकाशित भएको : March 23rd, 2021

सम्वन्धित समाचारहरु