• सोमवार, कार्तिक ८, २०७८
  • | October 25, 2021


हाँसेर बिदा भए बैकुण्ठ, सुशासन चाहने जनप्रतिनिधि र कर्मचारी भने दु:खी


नेपाली अपडेट
मङ्लबार, चैत्र १०, २०७७
 
काठमाडौं, मंगलवार १० चैत बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख अधिकृत बैकुण्ठ प्रसाद सापकोटा सरुवा भए पश्चात् नगर प्रमुख उद्धव खरेल लगायत जनप्रतिनिधि र कर्मचारीहरुले बिदाई गरेकाछन्। मिति २०७७ असार २२ गते बूढानीलकण्ठ नगरपालिकामा प्रमुख प्रशासकीय प्रमुखको रूपमा हाजिर भएका सापकोटा हिजो ७७ चैत ९ गते बिदाई भएका हुन्। नगर कार्यपालिका भित्र फोहोरको रूपमा रहेका बेथितिलाई हटाएर सुशासन कायम गर्न निडर रूपमा लागीपर्ने पहिलो हाकिम भनेर चिनिन्छन सापकोटा, काममा ढिलासुस्ती गर्ने, जनतालाई दु:ख दिने अदृश्य भ्रष्टाचारमा संलग्न कार्यालयमा हाजिर गरेर फिल्डमा जाने भनेर भाग्ने बाहिर आफ्ना कन्सल्टेन्सी चलाउने कर्मचारीलाई उनले लाईनमा ल्याएका थिए। त्यस्ता कर्तव्यहिन कर्मचारी भने प्रमुख सापकोटासंग रुष्ट बनेका थिए। हाजिरी कपिमा हाजिर गरेर भाग्ने कर्मचारीलाई नियन्त्रण गर्न डिजिटल ल्यापचे हाजिर गर्ने प्रविधि ल्याएपनि ल्याप्चे गरेर भाग्ने अनि छुट्टी हुने समयमा आएर ल्याप्चे गर्ने बानी परेका नसुधरिएका ठग कर्मचारी पनि ठिक भएका र सुध्रिएका थिए भनेर स्वास्थ्यकर्मी मुना अधिकारीले खुलेरनै प्रमुख प्रशासकीय अधिकृत सापकोटाको प्रशंसा गरेकी छन्। त्यस्तै अर्का एक कर्मचारीले पनि नाम नबताउने शर्तमा यसो भने “हाकिम साबले अनावश्यक आउने राजनैतिक दवाव थेगी दिनुभएको थियोे, कसैको दवावमा परेर गलत काम नगर्नुहोस् नियमसंगत काम गर्दा कसैको दवाव आए त्यसको जिम्मेवारी आफुले लिने भनेर कामगर्न हौसला दिने गरेको बताए।” जनप्रतिनिधिको मनोखुशी नातावाद र कृपावादबाट हुनेगरेको अनावश्यक करार नियुक्तिलाई रोक्ने, अनावश्यक काजमा राखिएका कर्मचारीलाई काज फिर्ता गराउने जस्ता कार्यले सापकोटा विवादमा परेका हुन्। आफ्ना अभिष्ट पूरा हुन नसकेपछि अदृश्य रूपमा ठुलै शक्ति उनको सरुवा गराएर बदला लिन लागेको प्रस्टै देखिन्छ। अर्कोतिर देशकाल परिस्थिति नेकपा भित्रको शक्ति एमाले र माओवादी केन्द्रको रूपमा छुट्टिनुले पनि हदसम्म मलजल नभएको मान्न नसकिएला। सरकारी सेवामा नियुक्ति,सरुवा र बढुवा नियमित प्रक्रियामा नै पर्छन्। तर पनि बूढानीलकण्ठ नगरपालिकामा छिटोछिटो हाकिम परिवर्तन हुनुलाई भने अर्थपूर्ण रूपमा हेर्न सकिन्छ। विश्वराज मरासिनी भन्दा बाहेक कुनैपनि प्रमुख प्रशासकीय अधिकृत एकबर्ष पनि टिकेको ईतिहास छैन। नगरपालिकाभित्र सुशासन चाहने जनपक्षीय जनप्रतिनिधि र कर्तव्यपरायण कर्मचारी सापकोटाको सरुवाले निराश र दुखी बनेकाछन्। कतिपय कर्मचारीले दु:ख व्यक्त गरि सामाजिक सञ्जालमा सापकोटा संगको फोटो राखेर पोस्ट गर्दै आगामी पाईलाहरु सफल रहुन भन्दै शुभकामना दिएकाछन्। यो सरुवाको पछाडी चलखेल भएपनि आफ्नो हात नरहेको एक सल्लाहकारले बताएका छन्। वैकुण्ठ सापकोटाले नगर र नगरवासीको हितमा नै परिणाममुखी कार्यहरू गर्दै आएको उनले बताए। सरुवाको लागि भएको चलखेलको बारेमा बुझ्दा सापकोटाले केहि बताउन चाहेनन्। स्मरण रहोस् सापकोटा पनि बूढानीलकण्ठ नगरपालिका वडा नं.१० का स्थायी वासिन्दानै हुन्। सरुवा भइ आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीलाई पनि हिजो नै नगरपालिकामा स्वागत गरिसकिएको छ। प्रमुख कार्कीले जनप्रतिनिधिलाई रिझाएर नगरवासीको हितमा के कसरी काम गर्छन् र नगरपालिकामा उनको कार्य अवधि कति रहनेछ भन्ने कुरा उनको कार्यशैलीले नै देखाउने छ।
प्रकाशित भएको : March 23rd, 2021

सम्वन्धित समाचारहरु