• आइतवार, माघ ९, २०७८
  • | January 23, 2022


एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक


नेपाली अपडेट
शुक्रबार, चैत्र १३, २०७७
 

काठमाडौं, शुक्रवार १३ चैत

नेकपा एमालेको संसदीय दलको बैठकमा आज के होला ? बैठक अघि नै माधव नेपाल पक्षले कुनै कडा कदम चाल्ला ? चासोको विषय बनेको छ ।
आज ३ बजे बालुवाटारमा संसदीय दलको बैठक डाकिएको छ । संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको बैठकमा जाने या नजाने निर्णय गर्न माधव नेपाल समूहको बैठक डाकिएको छ ।

११ बजेका लागि बैठक डाकिएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरुले अबको कदमबारे छलफल गर्नेछन् । एमालेको नेपाल समूहभित्र राजीनामा दिएर भएपनि नयाँ ढंगले बढ्नुपर्ने या पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने दुईवटा धार छ । आजको बैठकले कुन धार पक्रेला चासो बनेको छ ।

आजको बैठकमा सहभागी हुने या नहुने नेपाल समूहका सांसदहरुको विहान बस्ने बैठकले तय गर्नेछ । आजको घटनाले एमालेभित्रको राजनीतिलाई पनि नयाँ मोड दिने बुझिएको छ।

प्रकाशित भएको : March 26th, 2021

सम्वन्धित समाचारहरु