• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठक सम्पन्न


नेपाली अपडेट
शुक्रबार, चैत्र १३, २०७७
 
काठमाडौं, शुक्रवार १३ चैत नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ । पार्टीभित्र आन्तरिक संघर्ष चु्लिएको बेलामा नेपाल पक्षधर केन्द्रीय कमिटी सदस्यहरुको आज छुट्टै बैठक बसेको हो । कलंकीस्थित् मेगा पार्टी प्यालेशमा बसेको बैठकमा वरिष्ठ नेता नेपाल र सुरेन्द्र पाण्डेले बोलेका थिए । नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षको बारेमा ब्रिफिङ गरेका थिए । र, ओलीले गरेका निर्णय पार्टीको विधानविपरित भएको भन्दै आफूहरुले सशक्त रुपमा प्रतिकार गर्ने पनि नेता नेपालले बताएका थिए । र, अब ओलीले पार्टीमा चाल्नसक्ने कदम र आफूहरु कसरी अघि बढ्ने भन्नेबारे पनि नेपालले आफ्नो रणनीति सुनाएका थिए । केन्द्रीय कमिटी सदस्यहरुको बैठक सम्पन्न भएलगत्तै सांसदहरुको मात्रै छुट्टै बैठक सुरु भएको छ । उनीहरुको छलफलले आज दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने वा नजाने भन्नेबारे निर्णय गर्ने बुझिएको छ । यसअघि नेपाल पक्षका सांसदहरुले संसदीय दलको बैठक बहिष्कार गर्दै आएका छन्।
प्रकाशित भएको : March 26th, 2021

सम्वन्धित समाचारहरु