• सोमवार, चैत्र ३०, २०७७
  • | April 12, 2021


मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार


नेपाली अपडेट
शुक्रबार, चैत्र १३, २०७७
 

काठमाडौं, शुक्रवार १३ चैत

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मन्त्रिपरिषदमा उनले चार नयाँ मन्त्री थपेका छन्। दुई जनालाई राज्यमन्त्रीबाट फूलमन्त्रीमा बढुवा गरिएको छ।

प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच नवनियुक्त ६ जना मन्त्रीले आज शपथ खाएका छन्। भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र कृषि राज्यमन्त्रीले फूल मन्त्रीको रुपमा सपथ लिएका छन्।

यसैगरी टंक आङबुहाङ आर्थिक मामिला तथा योजना मन्त्री, उषाकला राई सामाजिक विकास राज्य मन्त्री, कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको सपथ लिएका छन्।

प्रकाशित भएको : March 26th, 2021

सम्वन्धित समाचारहरु