
सोमवार, चैत्र २३, २०७७
काठमाडौं, सोमवार २३ चैत संरक्षित वन्यजन्तु रेड पाण्डाको छाला सहित एकजना पक्राउ परेका छन्। बुढानिलकण्ठ नगरपालिका–६ सेराफाँट गोरखालीपुल नजिकबाट संरक्षित वन्यजन्तु रेड पाण्डाको ३ थान छाला सहित सोही नगरपालिका गात्तिगौडा बस्ने पाँचथर नगी गाउँपालिका–१ घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त छाला सहितफेला पारी उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
प्रकाशित भएको : April 5th, 2021