• शनिबार, असार ५, २०७८
  • | June 19, 2021


पर्वतका ३२ वनमा आगलागी


नेपाली अपडेट
सोमवार, चैत्र ३०, २०७७
 
काठमाडौं, सोमबार ३० चैत गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन्। लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ। जिल्ला वन कार्यलयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ। गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ। कार्यलयका अनुसार पर्वतमा वर्सेनि सयौँ हेक्टर जमीनमा आगलागी हुने गरेको छ। वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन्। डिभिवन वन कार्यलय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचक्क्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो। मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ। गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ। आगलागी भएका वनमा सामुदायिक नै धेरै छन्। पौडेलले भने, “जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ। यसको नियन्त्रणका लागि कार्यलय सक्रियताका साथ लागेको छ।”
प्रकाशित भएको : April 12th, 2021

सम्वन्धित समाचारहरु