• आइतवार, चैत्र १२, २०७९
  • | March 26, 2023


बौद्धमा अल नेपाल युवा क्लबको रक्तदान कार्यक्रम सम्पन्न


नेपाली अपडेट
आइतवार, असार १२, २०७९
 

आशिष लामा ,

१२ असार, काठमाडौं । अल नेपाल युवा क्लबले रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ ।  शनिबार क्लबले बौद्धनाथ परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको अध्यक्ष दोर्जी शेर्पाले जानकारी दिए ।

कार्यक्रम अल नेपाल युवा क्लबका अध्यक्ष दोर्जी शेर्पाको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, गोकर्णेश्वर नगरपालिकाका वडा नं. २ का वडा अध्यक्ष मधु तामाङ, वडा नं. ४ का वडा अध्यक्ष जयराम महत, वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष नवराज लामा, वडा नं. ७ का वडा अध्यक्ष केशव गुरुङ र वडा नं. ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठलाई सम्मान गरिएको थियो । आजै बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।

यसैगरी, कार्यक्रमका लागि गर्न सहयोग गर्ने गोनपा ३ मा रहेको समुन्नत जालपादेवि युवा क्लब, गोनपा ८ मा रहेको भेनस पब्लिक स्कुल तथा भेनस नेशनल कलेज र बौद्धनाथ क्षेत्र विकास समितिलाई सम्मान गरिएको थियो ।

समय समयमा रक्तदान कार्यक्रम गर्दै आईरहेको अल नेपाल युवा क्लबले दशैं र क्लब स्थापनाको अवसरमा गरी वर्षमा २ पटक राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता समेत गर्दै आईरहेको छ ।

प्रकाशित भएको : June 26th, 2022

सम्वन्धित समाचारहरु