• आइतवार, चैत्र १२, २०७९
  • | March 26, 2023

Author: Ashish Lama

बिदाइ कार्यक्रममा सहरी विकास मन्त्री झाँक्रीको गहभरि आँशु

१२ असार, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदाइ हुँदा रोएकी छन् । मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् । नेकपा एकीकृत समाजवादीले पार्टीका चार मन्त्रीलाई फिर्ता बोलाएको छ भने नयाँ टिम पठाएको छ । त्यसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गर्नुअघि मन्त्रालयले […]

पूरा पढ्नुहोस्

बौद्धमा अल नेपाल युवा क्लबको रक्तदान कार्यक्रम सम्पन्न

आशिष लामा , १२ असार, काठमाडौं । अल नेपाल युवा क्लबले रक्तदान तथा सम्मान कार्यक्रम गरेको छ ।  शनिबार क्लबले बौद्धनाथ परिसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत संकलन भएको अध्यक्ष दोर्जी शेर्पाले जानकारी दिए । कार्यक्रम अल नेपाल युवा क्लबका अध्यक्ष दोर्जी शेर्पाको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालको प्रमुख आतिथ्यतामा भएको […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा बैठक [प्रत्यक्ष प्रसारण]

 

पूरा पढ्नुहोस्

पत्रकार रवि लामिछाने काठमाडौं ३ बाट चुनाव लड्ने !

२ असार, काठमाडौं । राजनीतिमा आउन ‘ग्यालेक्सी फोर के’ टेलिभिजन छोडेका पत्रकार रवि लामिछाने कहाँबाट चुनाव लड्दै छन् भन्ने चर्चा चुलिएको छ । लामिछानेले राजनीतिमा लाग्ने निधो गरेको बताए पनि उनले कुन राजनीतिक दलबाट आफू उम्मेदवार बन्न लागेको खुलाएका छैनन् । यसैबीच उनी काठमाडौंमा कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन् भन्ने विभिन्न आंकलन शुरु भएको […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित

काठमाडौं, असार २ गते । प्रतिनिधिसभाले आर्थिक वर्ष २०७९ र ०८० को विनियोजन विधेयक बहुमतले पारित गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ र ०८० को विनियोजन विधेयक पारित गरिसोस् भन्ने प्रस्ताव राखेको थियो । उक्त प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेको थियो र प्रस्ताव बहुमतले पारित भएको हो […]

पूरा पढ्नुहोस्

२४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गर्ने ४ जना बौद्धबाट पक्राउ

काठमाडौं , काठमाडौँको बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । काठमाडौं बौद्धस्थित एक गेष्ट हाउसमा आइतवार दिउँसो २ बजेतिर ३ जनाले २४ वर्षीय एक युवतीलाई पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौं बस्ने २४ वर्षका रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-२ घर भई हाल […]

पूरा पढ्नुहोस्

मासिक १०० अभियानबाट शंङ्खरापुरका ९ जना छात्रछात्रालाई सहयोग

आशिष लामा …. २७ जेठ, काठमाडौँ । मासिक १०० अभियान नेपालले  शंङ्खरापुर नगरपालिका–९ स्थित श्री रास्ट्रिय माध्यमिक विद्यालयका ९ जना छात्रछात्रालाई सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेको र अघिल्लो बर्ष दिईएको छात्रवृत्तिलाई निरन्तरता दिंदै अभियानले सहयोग गरेको हो । विद्यालय प्रशासनको आग्रहमा आज ९ जना छात्र/छात्राहरुका लागि अभियानले मासिक शुल्क, विद्यालय पोशाक तथा […]

पूरा पढ्नुहोस्

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो (सूचीसहित)

काठमाडौँ– सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको हो । यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २।५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन […]

पूरा पढ्नुहोस्

काठमाडौंको फोहोर भोलिबाट उठ्ने (सहमतिपत्रसहित)

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र थुप्रिएको फोहोर भोलिबाट उठाउने सहमति भएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा आज भएको जनप्रतिनिधिहरुबीचको वार्ताले सो सहमति जुटाएको हो । सहरी विकास मन्त्रालयमा दिउसो ३ बजे सुरु भएको वार्ता राति सात बजे सकिएको थियो । वार्तामा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल गोकर्णेश्वर नगरपालिकाको मेयर दिपक […]

पूरा पढ्नुहोस्

तारा एयर दुर्घटनास् पोस्टमार्टम सकियो, आज शव हस्तान्तरण

दुर्घटनामा परेको तारा एयरको जहाजमा ज्यान गुमाएका सबै २२ जनाको शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । आइतबार पोखराबाट उडेको उक्त ट्विनअटर विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटना भएको थियो । उक्त जहाज दुर्घटनामा परी चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक तथा दुई जना जर्मन नागरिकको […]

पूरा पढ्नुहोस्