• बुधबार, बैशाख ५, २०८१
  • | April 17, 2024


प्रदेश ट्राफिक कार्यालय भरतपुरमा


नेपाली अपडेट
मङ्लबार, भदौ १२, २०७५
 

चितवन — प्रदेश नं ३ को ट्राफिक प्रहरी कार्यालय भरतपुरमा रहने भएको छ ।

भरतपुर महानगरपालिका–१ रामनगरमा कार्यालय स्थापना गरिने प्रहरी उपरीक्षक नवीराज राईले जानकारी दिनुभयो । एक सातापछि कार्यालय सञ्चालनमा आउने छ । उक्त कार्यालयले उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका सबै जिल्ला हेर्ने छ । क्षेत्रगत विभाजन हुँदा यस क्षेत्रको कार्यालय बाराको पथलैयामा रहेको थियो । सो ठाउँ प्रदेश नं २ मा परेपछि प्रदेश नं ३ को ट्राफिक कार्यालय यहाँ राखिएको हो ।

“मुग्लिनमा कार्यालय राख्ने तय भएपनि भवन अभावका कारण भरतपुरमा सारिएको हो,” प्रहरी उपरीक्षक राईले भने ।

उक्त कार्यालयमा ३६ जनाको दरबन्दी रहेको छ । चितवन उपत्यकाबाहिर सबैभन्दा बढी सवारी आवागमन हुने क्षेत्र हो । सडक सञ्जाल, राजधानीसँगको निकटता तथा भौगोलिक अवस्थालाई हेरेर प्रदेश कार्यालय यहाँ राखिएको हो ।

करेन्ट लागेर मृत्यु भएकालाई पाँच लाख राहत

दाङ — कामको सिलसिलामा करेन्ट लागेर मृत्यु भएका कार्यालय सहयोगीको परिवारलाई विद्यालयले रु पाँच लाख राहत उपलब्ध गराएको छ ।

तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय जोगिलाल चौधरीको सोमबार मृत्यु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिको बैठकले चौधरीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

चौधरीको परिवारका एक सदस्यलाई विद्यालयले रोजगारीसमेत दिने भएको छ । चौधरीको उरहरी चोकमा ब्यानर टाङ्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु