• बिहिबार, साउन २८, २०८३
  • | August 13, 2026


२०औँ एसियन गेम्सका लागि नेपाली बक्सिङ टोली भारतमा प्रशिक्षणरत


नेपाली अपडेट
बुधबार, साउन २७, २०८३
 
जापानको आइची नागोयामा आयोजना हुने २०औँ एसियन गेम्स २०२६ लाई लक्षित गर्दै नेपाली राष्ट्रिय बक्सिङ टोलीले भारतको गुवाहाटीमा विशेष प्रशिक्षण गरिरहेको छ। एसियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक जित्ने लक्ष्यसहित नेपाली बक्सरहरू कडा अभ्यासमा जुटेका छन्।

उक्त गेमम सहभागिहरु पुरुषतर्फ चन्द्रबहादुर थापा (५५ केजी), खगेन्द्र रोका मगर (६० केजी), दानबहादुर दरलामी (७० केजी) र रबिन नेपाल (९० केजी) सहभागी छन्। महिलातर्फ रमिशा श्रेष्ठ (एकाउन्न केजी), अस्मिता दुवाल (५४ केजी) र कुसुम तामाङ (६५ केजी) ले सहभागि लिइरहेका छन्।टोलीलाई राज श्रेष्ठ र दीपक महर्जन ले प्रशिक्षण दिइरहेका छन्। एसियन गेम्समा पदक जितिसकेका दीपक महर्जन नेपाली बक्सिङका लागि अनुभवी प्रशिक्षकका रूपमा टोलीको तयारीमा महत्वपूर्ण भूमिकामा छन्।

दीपक महर्जन स्वयंले सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको १६औँ एसियन गेम्समा पुरुष ८१ केजी तौल समूहबाट कांस्य पदक जितेका थिए। उक्त पदक नेपालका लागि सो एसियन गेम्सको एकमात्र पदक थियो।

त्यसयता एसियन गेम्सको बक्सिङमा नेपालले अर्को पदक जित्न सकेको छैन। त्यसैले यसपटक प्रशिक्षकका रूपमा दीपक महर्जनकै नेतृत्वमा नेपाली बक्सिङ टोलीले लामो पदक खडेरी तोड्ने ठूलो आशा बोकेको छ।

भारतको गुवाहाटीमा भइरहेको प्रशिक्षणलाई यही लक्ष्यतर्फको महत्वपूर्ण तयारीका रूपमा लिइएको छ। उच्चस्तरीय प्रशिक्षण, अभ्यास र खेलाडीहरूको प्राविधिक तथा शारीरिक क्षमतामा सुधार गर्दै नेपाली टोली जापानमा हुने एसियन गेम्सका लागि आफूलाई तयार पारिरहेको छ।


२०१० मा खेलाडीका रूपमा एसियन गेम्समा पदक जितेका दीपक महर्जन अहिले प्रशिक्षकका रूपमा नेपाली टोलीलाई पदकतर्फ डोर्‍याउँदैछन्। अब १६ वर्षपछि नेपाली बक्सिङमा फेरि एसियन गेम्सको पदक फर्काउने आशा गुवाहाटीको प्रशिक्षणबाट पलाएको छ।
प्रकाशित भएको : August 12th, 2026

सम्वन्धित समाचारहरु