• सोमवार, बैशाख १७, २०८१
  • | April 29, 2024


संघर्ष र मेहनतले टल्किएकी हिरा- अल्ट्रा धाविका “पृया राई”


नेपाली अपडेट
बुधबार, मंसिर १३, २०८०
 

तुलसी राम पुरी 

आईतवार बिहानै आदरणीय ज्ञानेन्द्र कुमार राईज्युको म्यासेन्जरमा बिहान साडे सात बजे ‘चावहिल ए वान पार्टी प्यालेसमा आउनुन है’ भन्ने शन्देस पाँए, ‘हुन्छ’ भन्ने जवाफ फर्काएं । करिव १५ दिनको सगरमाथा आधार शिविर अनि तीन दिनको लुम्बिनी घुमफिरले अलि थकित म उठेर स्कुटी स्टार्ट गरें, स्टार्ट भएन। डवल स्ट्यान्ड लाएँ, किक हाने बल्ल तल्ल स्टार्ट  भयो। छोरिले स्टार्ट भएन  भनेर चलाउन छोडेको थुप्रै दिन भएछ। स्कुटीमा खिर्र कुदेर ए वान पार्टी प्यालेस पुगें। भुईँ तल्ला, पहिलो तल्लामा कोहि देखिन, दोश्रो तल्लामा चडेर यसो यता उता हेरें, “यता यता” भनेर ज्ञानेन्द्र सरको स्वर सुनें। पुर्व पट्टिको कुनाको टेवलमा मातृभुमी बाकाचोल सेवा समाज नेपालका अध्यक्ष टिकाराम पुरी, उपाध्यक्ष ज्ञानेन्द्र कुमार राई , कोषाध्यक्ष हेमकाजी पुरी, युवा समाजसेवी बिक्रम राई अनि बहिनी निर्मला राई चिया कफीको चुस्किमा गफ गाफ गरि रहनु भएको रहेछ ।  सवैमा साईनो अनुसारको अविबादन गरें। चिनजान गरियो। गाउँ घर तिरको कुराकानी हरु भए ,एक्कै छिन पछि अल्ट्रा धाविका पृया राई र उनको दाइ आई पुगे। 

केही मिनेटको चिनजान भलाकुसारी पछि ज्ञानेन्द्र सरले कुराको उठान गर्नु भयो। एउटै गाउँ अनि आफ्नै आफन्त भएर पनि  उहाँहरुको पनि कहिल्यै भेट भएको रहेनछ। केही बर्ष अघिनै मातृभुमी बाकाचोल सेवा समाज नेपालका अध्यक्ष टिकाराम पुरी र पृयाकी दिदी निर्मला बिच पृयाको बारेमा केही कुराकानि भएको रहेछ । पृयाले अल्ट्रा रेस खेल्छिन भन्ने कुरा उहाँले ज्ञानेन्द्र सर लगायत संस्थाको कार्यसमितिका साथिहरु बिच गरेको कुरा सम्झंदै भर्खरै प्रशारण भएको विश्व लिम्बुको पोडकास्टको कुराकानिले पृया संग भेटनु पर्छ भनेर हामिलाई ज्ञानेन्द्र सरले बोलाउनु भएको रहेछ।  पालैले हाम्रो जिज्ञासा राखिम। अल्ट्रा रेससको बारेमा धेरै कुराहरु उजागर भए, धेरै दु:खद अनि सुखद क्षणहरुको अनुभव दिदी निर्मला राईले कहिले भावुक हुँदै त कहिले खुसीको आशु आँखा भरी टिलपिलाउदै हामिलाई सुनाईन। 

खोटाङको ऐशेलुखर्क २, पारामा जन्मिएकी,उमेरले भर्खर २२ बर्ष टेकेकी, तीखो, चनाखो हाउ भाउ साच्चिकै खेलाडी जस्तै देखिने पृयाले आफ्ना अनि अल्ट्रा रेशको  धेरै कुराहरुको बेलि बिस्तार लगाईन। नेपालमा संस्थागत रुपमा कुनै पनि संगठन नभएको अल्ट्रा रेस नेपालीहरु माझ लोकप्रिय अनि सहासिक खेल हो। अल्ट्रा रेस प्रतियोगिता नेपालका धेरै ठाउँहरुमा ओयोजना भएका छन।  तर राष्ट्रिय  खेलकुद परिषदमा हाल सम्म पनि बिधिवत रुपमा दर्ता भएर संस्थागत रुपमा अघि बढन सकेको रहेनछ। संघ नहुनुको दु:ख पृयाले बिदेशको बिमानस्थलमा आफुले भोग्न परेको ज्याजती पनि सुनाईन। फ्रान्सको चामोनिमा अल्ट्रा रेसमा भाग लिन आफ्नो एकल पहलमा आफ्नो नाम दर्ता गरिन, नाम छनौटमा पर्यो, भिसा पाईन नेपालबाट जहाजमा उडिन तर ट्रान्जिटको बिमानस्थलमा नेपाली भएकै कारण नपत्याएर तिम्रो देशको खेलकुद संघले बनाई दिएको आधिकारीक कागजपत्र खै भनेर केरकार गर्यो । ता कि पृया कुनै बिकशित देशको धाविका हुँदी हुन त उनलाई गर्ने ब्यावाहार यस्तो हुन्न थियो। 

पृयाको खेल प्रतिको लगाव सानै देखि रहेछ। एउटा दुर्गमको  पनि अझ बिकट गाउँमा जन्मिएका खेलाडिहरुलाई एउटा भलिवल सम्म सहज रुपमा उपलब्ध नहुने ठाउँ हाम्रो गाउँ।  कक्षा ८ सम्मको पढाइ श्री कालिका मा. वि.बाकाचोलबाट सकेर उनि आफ्नो दिदी संग काठमाडौ आईन। काठमाडौ को तेज बिनायक स्कुलमा ९ र १० कक्षा तथा प्लस टु र हाल ब्याचलरको पढाइ बज्र इन्टरनेसनल कलेजमा गरिरहेकी छन।  आफ्नो खेल जीवनको सुरुवात तेक्वान्दोबाट  सुरु गरिन। केही समय खेली सके पछि फुट इन्ज्युरीको कारण गोलि गाँठो र घुँडाको तल्लो भागमा पानी जम्यो। पुन: खेलमा फर्किन धेरै कोसिस गरिन तर हत्तपत्त निको नहुने अलि खेल्न हुने जस्तो भए पनि पुन: समस्या दोहोरियो। दिदि निर्मलाले उनको उपचारमा कुनै कसर बाँकी राखिनन । मेरो छोरी पनि खेलाडी हुन भन्ने जानाकारी उनलाई रहेछ  निर्मलाले म पट्टि हेर्दै भनिन “दाइ परिवारमा खेलाडीको हेरचाह गर्न ढुक्क एकजना सुसारे चाहिने रहेछ, खेलाडी पाल्न धेर महंगो रहेछ” । उनी १९ बर्ष मुनिको प् उमेर समुहको “रुग्वि” गेममा राष्ट्रिय खेलाडी पनि हुन। नेपाल भारतमा भएको एसिया रुग्वीको  सातौं सिरिजमा उनी सहभागी  राष्ट्रिय टोलि  सहभागी भएको थियोे।

कुराकानीकै क्रममा उनले खेलेको विभिन्न देश तथा बिदेशको प्रतियोगिताहरुको अनुभव हामी संग खुलेरै बाँडिन। आर्थिक अभावले प्रतियोगितामा भागलिनको लागि मात्र गरेको ती प्रयास र आर्थिक अभावका कथाहरु साच्चिकै दर्दनाक लाग्छन। खेल्नको लागी खेलको स्ट्यान्डर्ड र नियम अनुशारको खेल गियरहरुको आवस्यकता पर्छ। एक पटक थाईल्यान्डमा भएको प्रतियोगितामा उकालो बाटो मा कुददै थिईंन, एक्कासी उनको शरिरिरमा शिथिलता आयो, खुट्टाले आफ्नै शरीर धान्न सक्ने अवस्थामा थिएन। उकालो कुदाईमा लट्ठिको ठूलो सहयोग हुने गर्दछ तर उनी संग लट्ठि थिएन, नजिकै एउटा रुखको सुकेको सानो झिक्रो फेला पारिन, हातले भाँचेर अलिकती टेक्न हुने बनाईन अनि  त्यही झिक्राको सहायताले उकालो काटनै लागेकी थिइन, ड्रोन आई पुग्यो , हत्तन पत्त डिस्क्वालिफाई हुने डरले त्यो झिक्राको लट्ठि फालिन, धन्न ड्रोनले खिच्न भ्याएन , उनले रेश पूरा गरिन । अहिले सम्म पनि दौडनको लागि प्रयोग हुने एउटा लट्ठि उनी संग छैन भने तालिम गर्न को लागि एक जोर नयाँ जुत्ताको जोहो गर्न सकेकी छैनन।

परिवारमा दिदी बाहेकका अन्य सदस्यहरु लाई बैनिले / छोरिले के खेल्दैछिनर, कस्तो किसिमको खेल हो भन्ने पुर्ण जानाकारी पनि छैन। गाउँ समाजमा खेल, कला , साहित्य र संगीत प्रतिको बुझाई अनि  लगाव कमै छ । यस्ता बिषयमा कमै कुराकानीहरु हुने गर्दछन। एकहोरो डोजरे बिकासको गफले नथाक्ने राजनीतिज्ञहरुको ढोका ढकढकाउन दिदि निर्मलाले कुनै कसर बाँकी राखेकी छैनन। गाउँपालिका अध्यक्ष गिरेन्द्र बहादुर राईको पहलमा ऐशेलुखर्क गाउँ  पालिकाबाट केही आर्थिक सहयोग बाहेक अन्य आर्थिक सहयोग खासै नपाएको गुनासो गर्छिन । एउटा अन्तर्राष्ट्रिय धाविकाको लागि एउटा टेक्ने लौरो अनि दौडनको लागि जुत्ता सम्म किन्ने पैसा छैन, राज्यको खेल र खेलाडी प्रतिको सम्मान हामिले देखेको भोगेकै छौं । पोषण (डाईट) र अन्य सेवा सुबिधाको कुरा त परैको भयो। गरिबी र अभावकै प्रसङमा युरोप पुगे पछि उतै बसौं बसौं लागेन भन्ने प्रश्नमा पृया भन्छिन ” मलाई तेस्तो लागेन अनि तेस्तो लाग्ने पनि छैन। नेपालकै लागि केही गरौं भन्ने भावन छ, पैसाको मुख हेर्नेहो भने बस्थेँ पनि होला, धेरै चिनजानका साथिहरु  खेलाडी बनेर उतै पलायन भएका छन तर मलाई त्यो गर्न मन छैन, मेरो उद्देश्य त्यो हैन । ” सायद एउटा खेलाडिले  आफ्नो देश प्रति इमानदारीताका साथ गर्न सकेको योगदान आफ्नो खेल अनि आफ्नो  देशप्रतिको मायानै त हो। 

आर्थिक अभाव तर खेल प्रतिको पृयाको लगाव अनि परिवारले गरिरहेको गर्वको कुराहरु ज्यादै उदाहरणिय लाग्छन। दिदी निर्मला बैनिले प्रतियोगिता खेल्न सुरु गरेसी सुत्तिनन। खेलको सम्पुर्ण अपडेट लाईभ हेर्न मिल्ने रहेछ । कहिले काहीं नेपालमा रात परि सक्दा युरोपमा खेल सुरु हुन्छ, एउटा रेश पूरा गर्न दुरि अनुसार समय कम्तिमा ५ घन्टा माथीनै लाग्छ । रेस अवधी भर दिदी निर्मला बहिनी भन्दा अगाडी को छ?  कत्ती मिनेटको फरकमा छ? पछाडी को आउदै छ बैनिको रेस रेटिङ कत्ती छ?  एक एक हिसाब गरेर बस्छिन।  भन्छिन “मलाई त थाहा हुन्छनी को कति टाढा छ भनेर , यहीँबाट  भन्न मिल्ने भए तँ यो पोजिसनमा छस भनेर भन्ने थियेँ” ।  खेलाडी  आफैलाई थाहा नहुँदो रहेछ को कति औँ स्थानमा छ अनि आफू कुन स्थानमा छु भनेर,  । एक पटक रेसकै क्रममा निर्मलाले लाइभ हेरि रहेकी थिईन , बैनिको दौडाई ,हाउ भाउ देखेरै लाग्यो उ धेरै थाकी भनेर , तैपनि बैनीले दोश्रो स्थान हाँसिल गरि सकेकी थिईन। त्यो कुरा बैनी आफैलाई पनि थाहा थिएन। थकाईको कारण रेश पूरा गरेपछी पृया बेहोश भएर ढलिन, परिवारमा रुवाबासी चल्यो। दिदिले आफ्नो तिनचुलो, पितृ-पुर्खा सम्झिईन, देवि देवता भाकिन। बहिनी उठिन , पुरस्कार थापिन परिवारमा पुन: हर्षको आँशुले छायो। यी र यस्ता अनुभवहरु पृया र उनका परिवार संग अनगिन्ती छन , बयान गरेर सकिन्नन ।

भौगोलिक बिकटता अनि गरिविको चपेटामा परेर टल्किएको एउटा हिरा, अभावको पहरा फोरेर उमृएको एउटा कल्पबृक्षलाई तपाई हाम्रो हौसला र साथ सहयोगले हुर्काउनु छ। मातृभुमी बाकाचोल सेवा समाज नेपालले आफ्ना कार्यसमिति सदस्य ,आजीवन सदस्य र आफ्ना शुभचिन्तकहरु समक्ष अनुरोध गरि आउने डिसेम्बर १० मा थाईल्याण्डमा हुन गई रहेको   प्रतियोगिता SMONG 50,  55  km को लागी केहि  सहयोग रकम संकलन गरि रहेको छ। उनले हाल सम्म सहभागी भएको र जितेको पदकहरुको फेहरिस्ता लोभलाग्दा  छन। जुन तल उल्लेख गरिएको छ ।

१, दोई ईथ्यानन थाइल्यान्ड बाई युटिएमबी 2022 ( दोस्रो)  55  km 

२, सियारेजिनाल 31 कि. मि 2023 स्विजर्ल्यान्ड (61th ) (यो विश्वोको सबै भन्दा पुरानो र विश्वको फास्टेस्ट रनर पार्टिसिपेट हुने रेस्।)

३, युटिएम्बि ओ सि सि फ्रान्स 55 कि. मि 2023 (29th) (विश्वको सबै भन्दा ठुलो ट्रेल रनिङ इभेन्ट्।)

४, गोल्डेन वोर्ल्ड ट्रेल सिरिज ग्रान्ड फिनालि 2019 (5th) 

५, लिस्तिकोट दुगुना गढी माउन्टेन ट्रेल रेस, 24 कि. मि 2022 (प्रथम)

६, पन्चासे 55  ट्रेल रेस, 55 कि.मि 2022 (प्रथम)

७, सिन्धुपाल्चोक इन्टरनेशनल ट्रेल रेस, 56 कि.मि 2019 (प्रथम)

८, चौथो भोजपुर ट्रेल रेस, 36 कि.मि 2019 (प्रथम)

९, मनास्लु ट्रेल रेस, 130 कि.मि 2019 (प्रथम)

१०, मुस्ताङ ट्रेल रेस, 170 कि.मि 2022 (प्रथम)

११, पोखरा ट्रेल रेस सिरिज 2023 55कि. मि ५५ (प्रथम)

१२, हात्ति बन ट्रेल रेस 15 कि. मि 2018 (प्रथम) 

१३ सुन्दरिजल ट्रेल रेस 20 कि. मि 2019 ( प्रथम) 

१४, काला भैरम 12 कि. मि 2018 ( प्रथम) 

१५, रन अगेन्स्ट क्यान्सर 5 कि. मि 2018 ( प्रथम) 

१६, झिल्टुङ क्रस कन्ट्री 12.5 कि. मि 2019 ( प्रथम) 

१७, रिसिङ म्याराथन 42 कि. मि 2020 ( प्रथम) 

१८, के भि आर 30 कि. मि 2023 (प्रथम) 

१९, सिन्धुपाल्चोक इन्टर्नेस्नल ट्रेल रेस २८ कि. मि 2023 ( प्रथम) 

२०, इन्ट्र्नेस्नल टेल रेस धरान 21 कि. मि 2023 ( प्रथम) 

२१, मन्जुश्री ट्रेल रेस 24 कि. मि 2023 (प्रथम) 

२२, गोदावरि रनिङ फेस्टिवल 28 कि. मि 2018 ( दोस्रो) 

२३, गुरेल्ला ट्रेल रेस 30 कि. मि 2023 ( दोस्रो) 

२४, गोसाइकुन्ड हेलम्बु हाई अल्टिट्युड ट्रेल रेस 42 कि. मि 2019 ( दोस्रो) 

२५, प्रथम ब्यास नग्र खुल्ला हाल्फ म्याराथन 21 कि. मि 2021 ( दोस्रो) 

२६, स्तुपा टु स्तुपा ट्रेल रेस 55 कि. मि 2023 ( दोस्रो) 

२७, स्तुपा टु स्तुपा ट्रेल रेस 55 कि. मि 2019 ( दोस्रो) 

२८, मुस्ताङ ट्रेल रेस 170 कि. मि 2019 ( दोस्रो) 

२९, पिके देम्बा ट्रेल रेस 42 कि. मि 2023 ( तेस्रो) 

३०, बोसन अप हिल 5 कि. मि 2019 (तेस्रो)

तस्वीरहरु

 

 

 

अन्तिम पटक अपडेट गरिएको : December 3rd, 2023,

सम्वन्धित समाचारहरु