• बिहिबार, अशोज ३, २०८१
  • | September 19, 2024


मास होइन क्लासको विद्यालय तिरुपति स्कुल ।


नेपाली अपडेट
बुधबार, साउन २३, २०८१
 

अन्तरराष्ट्रिय स्कुल अवार्ड प्राप्त बुढानिलकण्ठ १० कपन बालुवाखानीको सबैभन्दा पहिलो स्कुल तिरुपति ईङ्लिश बोर्डिङ हाई स्कुल आफ्नो गुणस्तरिय शिक्षा र अन्तराष्ट्रीय स्तरको अतिरिक्त क्रियाकलापको कारण आम अभिभावक माझ लोकप्रीय छ । सन २००७ मा स्थापना भएको यस स्कुलले हालसम्म सयौ विद्यार्थीहरुलाई एस ई ई उतिर्ण गराई सकेको छ भने पुर्व विद्यार्थीहरु विभिन्न पेशा व्यवसायमा सफल बनीसकेको छ । द भ्वाइस अफ नेपालमा आफ्नो विद्यार्थीलाई ब्याटल राउण्ड सम्म पुर्याउन सफल बनेको पहिलो विद्यालय पनि तिरुपति नै हो । लामो गर्विलो इतिहास बोकेको यस विद्यालयले हाल आफ्नो पुर्वाधारहर अन्तरराष्ट्रिय स्तरको बनाउने क्रममा छ । प्राप्त जानकारी अनुसार भाद्र मसान्तसम्ममा विद्यालयले १२ वटा कक्षाकोठा रहने दुईतल्ले अत्याधुनिक भवन निर्माण गरिसक्ने र दोस्रो चरण मा थप ६ वटा कक्षाकोठा रहने दुईतल्ले भवन निर्माण गर्ने बताएको छ । तेस्रो चरणमा थप तीन वटा कक्षाकोठा र एउटा क्याफेटेरिया रहने दुई तल्ले भवन र अन्तरराष्ट्रिय मापडण्ड पुग्ने गरि बास्केटबल, मिनी फुटसल र स्विमिङ पुल समेत निर्माण गरिने जानकारी दिएको छ । पुर्वाधार लगायत सबैकुराले सम्पन्न बनेपनि विद्यालयले भेडाबाख्रा जस्तो विद्यार्थी आफ्नो विद्यालयमा नराख्ने बताउछन प्रीन्सिपल तेन्जिङ भोटिया । Mass भन्दा Class मा ध्यान दिइरहेको यस विद्यालयले कुल विद्यार्थी सङ्ख्या ४०० भन्दा कुनै पनि हालतमा बढी नराख्ने बताएका छन । बढी विद्यार्थी राखेर माछा बजार जसरी विद्यालय चलाउन नसकिने र सबैलाई ध्यान दिन पनि नसकिने हुदा सिमित सङ्ख्या राखेर मात्र सबैकुरा विद्यार्थीलाई उपलब्द गराउन सकिने बताए ।।

प्रकाशित भएको : August 7th, 2024

सम्वन्धित समाचारहरु