🖋️चन्द्र जीत मोक्तान( बौद्ध)
काठमाडौं । बौद्ध तामाङ कल्याण गुठीको मुख्य संयोजकत्वमा र बौद्धनाथ क्षेत्र विकास समितिको आयोजनामा स्थानीय संघसंस्थाको सहभागी रहने गरि बौद्ध तेमाल जात्रा मूल व्यवस्थापन समिति गठन गरिएको छ।
उक्त जात्रामा आउने श्रद्धालु भक्तजनको सेवा सुविधाका लागि मुल व्यवस्थापन समितिले विभिन्न संघसंस्थालाई नि शुल्क खानेपानी, खाजा प्रसाद (खीर),हेल्प डेक्स (खोजतलास कक्षा),शान्ति सुरक्षा, लाईन व्यवस्था , गर्न विभिन्न स्थानीय संघसंस्थालाई आ आफ्नो जिम्मेवारी सुम्पेका छन्।
यहीँ २०८१ साल १० गते चैत शुक्ल पुर्णिामाको अघिल्लो दिन बौद्धमा हुने ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक महत्त्वपूर्ण राष्ट्रिय पर्व बौद्ध तेमाल जात्रामा काभ्रे,नुवाकोट ,सिन्धुपाल्चोक ,मकवानपुर ,लगायतका विभिन्न जिल्ला बाट आफ्नो दिवंगतहरुको चिर शान्तिका निम्ति बौद्ध महा चैत्यमको माथिल्लो भागमा रहेको एकसय आठवटा मुर्तिमा धार्मिक आस्थाकासाथ काँचो धागो तेलमा डुवाएर दिप प्रज्वलन (नङ्साल ), लामा गुरुहरुबाट (ङो मोलाम) पूजापाठ गर्ने मौलिक पुरानो परम्परा रहेको छ।
तेमाल जात्राको धार्मिक ऐतिहासिक पक्ष बौद्ध किवदन्ती अनुसार सत्य युगमा काठमाडौं उपत्यका दहको रुपमा रहेको समयमा बन्धुमती नगरबाट विपश्वी बुद्ध काठमाडौं पाल्नु भई नागार्जुनको डाँडामा बसेर आफ्नो योग ध्यान साधन आफ्नो शक्तिले चैत पुर्णिामाको दिन दहमा एक कमलको बीजारोपण गर्नु भयो सोही बिजबाट कमलको फुल उत्पन्न भयो । आशि्वन शुक्ल पुर्णिामाका दिन सो कमलको फूलमा स्वयम्भू अलौकिक ज्योति उत्पन्न भयो। त्यो अलौकिक ज्योति दर्शन गर्न विभिन्न कालमा शिखा बुद्ध ,क्रकुच्छन्द बुद्ध ,कनकमुनि बुद्ध र काश्यप बुद्ध अलौकिक ज्योतिको दर्शन गर्न आउनु भएको थियो । विश्वभू बुद्धको समयमा महाचीनबाट बोधिसत्व मञ्जुश्री आफ्नो शिष्यहरुसहित स्वयम्भू को अलौकिक ज्योतिको दर्शन गर्नु भई आफ्नो धारिलो खड्गले चोभारको डाँडा काटी नागदहको पानी बहिरा पठाई अलौकिक ज्योतिको देखियो विपश्वी बुद्धले कमलको बीजारोपण गरेको स्मरण गर्दै हरेक बर्ष चैत शुक्ल पुर्णिामाका दिन स्वयम्भू चैत जात्रा लाग्ने गर्दछ।बौद्ध स्तुपाको जीर्णोद्वारको समयमा बि.सं १८१९ असोज २ गते सम्म तेमालका अन्तिम राजा तामाङ राजा रिन्जिन दोर्जे बलले चैत पूर्णिमालाई राजकीय चाडको मान्यता दिएको र तेमाल जात्रा सम्पन्न गर्न आफ्न जनताहरु पठाउने गरेको जनसुती रहेको पाइन्छ । यसरी तेमाल जात्रा चलाएको भन्ने किंवदन्ती पनि पाइन्छ ।