![](https://nepaliupdate.com/wp-content/uploads/2024/04/WhatsApp-Image-2024-04-15-at-17.42.35_4c251dc3.jpg)
गत २०७९ मा सम्पन्न आम निर्वाचनमा संखुवासभा जिल्लाबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएको युवा शिक्षासेवी तथा समाजसेवी तेन्जिङ भोटियाले पार्टी प्रवेश गर्ने संकेत दिएको छ ।
पछिल्लो समय शिक्षाक्षेत्र र समाजसेवामा व्यस्त तेन्जिङले संखुवासभा लगायत विभिन्न जिल्लाहरुबाट उच्च शिक्षा हासिल गर्न राजधानी आउने धेरै युवाहरुलाई अध्ययनको लागि सहयोग र सहजीकरण गर्दै आएको छ । आफुले चुनावमा हारे पनि आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख भएको धेरैजसो काम गर्दै आएको बताउने तेन्जिङले सोही चुनावमा जीत हात पारेको माननीय भने चुनाव पछाडी गायब भएको कुरामा दुख व्यक्त गरेको छ । तेन्जिङले “मेरो माननीयलाई प्रश्न” शिर्षकमा लामो फेसबुक स्ट्याटस लेखी माननीयलाई आफ्नो प्रतिबद्धता पत्रबाट एकइन्च पनि टाढा भाग्ने छुट छैन भन्दै जिल्लामा एकमात्र प्रतिपक्षको भुमिका समेत निर्वाह गर्दै आएको छ । गत निर्वाचनमा गठबन्धनबाट दिपक खड्काले जित हात पारे पनि स्वतन्त्र उम्मेदवार तेन्जिङले जनताको मन जितेको बताउछन स्थानीयहरु । पछिल्लो समय राजनैतिक बेथिति बारे खुलेरै बोल्ने तेन्जिङले नव वर्षको पुर्वसन्ध्यामा आफुलाई निकै ठूलो जिम्मेवारी सहितको अवसर आएको भनी फेसबुक स्ट्याटस लेखेका छन । तेन्जिङ भोटियाको नजिकको श्रोत अनुसार भने तेन्जिङलाई एउटा राजनीतिक दलबाट राम्रै जिम्मेवारी सहित पार्टी प्रवेश गर्ने प्रस्ताव आएको हुँदा तेन्जिङ आन्तरिक रुपमा आफ्नो निकटकाहरुसंग छलफलमा रहेको बताए ।