• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


भाग्य छोराको पच्चीस औं भाग रजत जयन्तीको अवसरमा सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न


नेपाली अपडेट
शनिबार, बैशाख ४, २०७८
 

काठमाडौं-कालिदेवि मिडिया हाउसद्वारा निर्माण हुदै आएको टेलि चलचित्र ‘भाग्य छोराको’ २५ औं भाग पुगेको उपलक्ष्यमा वैशाख ४ गते शनिबार राष्ट्रिय नाचघर जमलमा बृहत् साँस्कृतिक कार्यक्रम तथा सम्मान कार्यक्रम सम्पन्न गरियो। नाचघरको मिनिहलमा भएको सो कार्यक्रमको मध्यान्ह १२ बजे प्रमुख अतिथिको अतिथ्यता ग्रहण गर्नु हुदै नेपाल राष्ट्र साँस्कृतिक रुपले बिबिधता भए नि राष्ट्रिय रुपले एकता रहेको आफ्नो मन्तव्यको क्रम वहाँले बताउनु हुदै युवा तथा खेलकुदमन्त्री दावा लामाद्वारा औपचारिक उद्घाटन भएको उक्त कार्यक्रममा समाजसेवी पत्रकार,कलाकार,विभिन्न व्यक्ति व्यक्तित्व हरुलाई सम्मान पत्र, प्रशंसा पत्र,कदर पत्रले सम्मान गरिएका थिए।

भादगाउँ टेलिभिजन(BTV) मार्फत प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा  कलाकारहरु अमृत लामा,उत्तर संगुल,जोगलाल लामा,विजय थोकर लगायत दर्जनौं कलाकारहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रममा दर्शक तथा प्रमुख अतिथि   तामाङ जुवारी कलाकार संघको मौलिक तामाङ डम्फूरे गीतमा नाच्दै साथ दिएका थिए। कार्यक्रममा चर्चित गायक गायिका,नायक नायिका,मोडल,हाँस्य कलाकार, टेलिचलचित्रका कलाकारहरुको प्रस्तुति रहेको सो  कार्यक्रममा लेखक तथा निर्देशक विनायक तामाङले स्वागत गरिएको थियोे नयाँ वर्ष २०७८ को आगमनको अवसर समेत जुरेकोले कार्यक्रम मनोरञ्जनात्मक तथा भव्य भएको थियोे । कार्यक्रममा टेलिचलचित्र ‘भाग्य छोराको’कार्यक्रम को सभापतित्व काली देवी मिडिया हाउसका अध्यक्ष  छेवाङ  लामाले गर्नु भएको थियो ।

प्रकाशित भएको : April 17th, 2021