• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


पुस १७ मा बुढानिलकण्ठ चुनिखेलमा आरडब्लू विन्टर स्लाम हुँदै


नेपाली अपडेट
बुधबार, पुस ७, २०७८
 

काठमाडौं । बुढानिलकण्ठमा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको हो ।

उक्त प्रतियोगीता बूढानीलकण्ठको चुनीखेल मैदानमा हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् ।
प्रतियोगितामा विभिन्न ५ प्रतिस्पर्धामा प्रतिस्पर्धा हुने छ । पाँचै विधाका लािग पुरस्कार नगद राशी दिइने भएको छ ।

हेभी वेट च्याम्पियनले ८० हजार
हार्डकोर च्याम्पियनले ६० हजार
मिडल वेट च्याम्पियनले ५० हजार
ट्याग टिम च्याम्पियनले ४५ हजार तथा लाइट वेट विजेताले २५ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतियोगीतामा खेलाडीहरू नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका खेलाडीहरूको सहभागिता रहने भएका छन् ।

प्रकाशित भएको : December 22nd, 2021

सम्वन्धित समाचारहरु