• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुग्यो


नेपाली अपडेट
सोमवार, फाल्गुन १, २०७९
 

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३५ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८ म्याग्निच्यूडको भूकम्पमा परी टर्कीमा ३१ हजार ६४३ र सिरियामा ३ हजार ५८१ जनाको मृत्यु भएको छ ।

अझै पनि दुबै देशमा उद्धार कार्य जारी रहेको अधिकारीहरुले बताएका छन् । भूकम्पपछि आएको हिम आँधीका कारण उद्धार कार्यमा कठिनाई हुँदा भूकम्पमा भग्नावशेषमा पुरिएका व्यक्तिलाई उद्धार गर्ने काममा कठिनाई भइरहेको उद्धारकर्मीले बताएका छन् ।

भूकम्पमा परेका हरूको उद्धारका लागि विभिन्न मुलुकहबाट आधुनिक उपकरणसहितका टोली टर्की र सिरियामा पुगेका छन् । उनीहरूले अझै पनि भग्नावशेषमा मानिसहरू जीवित रहेको हुनसक्ने भन्दै खोजीलाई तीब्र बनाइरहेका छन् ।

सिरियामा टर्की निकट मानिने सीमा क्षेत्रमा विदेशी उपकरण आयात तथा प्रयोगमा लगाइएको प्रतिबन्धका कारण यहाँ स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्धार कार्य जारी राखिएको छ

प्रकाशित भएको : February 13th, 2023

सम्वन्धित समाचारहरु