• मङ्लबार, बैशाख १८, २०८१
  • | April 30, 2024


ज्ञानेन्द्र शाहीमाथि भएको हमला के र को हुन् ?


नेपाली अपडेट
आइतवार, अशोज १२, २०७६
 

भ्रष्टाचारविरोधी अभियानको आवरणमा सत्ताधारी नेता र दलहरुको खोइरो खन्दै अभियन्ता’को रुपमा देखापरेका ज्ञानेन्द्र शाहीमाथि शनिबार (असोज ११ गते) चितवनमा भएको निर्मम आक्रमणले सबैभन्दा उन्नत भनिएको लोकतन्त्र र गणतन्त्रको नराम्ररी हुर्मत लिएको छ ।

ज्ञानेन्द्र शाही के र को हुन् ? उनको अभियानको अन्तर्य के हो ? त्यो सार्वजनिक चासोको विषय हो । खासगरी, उनले वर्तमान राज्य व्यवस्थाले जुराइदिएको वाक तथा अभिव्यक्ति स्वतन्त्रताको विन्दास’ उपभोग गर्दै गणतान्त्रिक शासन व्यवस्था र यसका सञ्चालकहरुका विरुद्धमा चर्को स्वरमा उत्तेजक’ नाराहरु उरालेर जनमत आफूतिर एकत्रित गराउने कोशिश गरिरहँदा त्यसको पनि खोजविन गरिनुपर्छ । तर, भिन्न विचार बोकेकै आधारमा र सत्ताधारी नेताहरुको चर्को आलोचना, विरोध गरेकै कारण त्यसलाई निषेध गर्ने नाममा गरिएको बर्बरताको ताण्डव’लाई चाहिँ कुनै हालतमा पनि न्यायोचित ठहर्याउन सकिन्न ।

ज्ञानेन्द्र शाहीमाथि भएको हमला उनका उत्तेजक’, गलत’ र अशोभनीय’ क्रियाकलापहरुका विरुद्ध सिर्जित आवेशजन्य प्रतिक्रियाको रुपमा मात्र चित्रित गर्नु र व्याख्या गर्नु गलत हुनेछ । यो त एउटा त्यस्तो प्रतिनिधिमुलक घटनाको दृष्टान्त मात्र हो, जसले वर्तमान राज्यसत्ताको चरित्र भिन्न मत राख्नेहरुका सन्दर्भमा असहिष्णु, अनुदार र फासीवादी बन्दै गइरहेको खतरनाक पक्षलाई इंगित गर्छ । हिजो आफ्ना विरोधीहरु र भिन्नमतको आवाजलाई दमन गर्नका लागि फासीवादी नाजी जर्मनमा पनि यस्तै कुकर्महरुलाई त्यहाँको सेनाको संरक्षणमा पालिएका फ्री कप्र्स ( नामक महामण्डलेहरुको दस्तामार्फत् कार्यान्वयन गरिन्थ्यो । छिमेकी भारतकै कुरा गर्दा पनि त्यहाँ आरएसएसको नाममा त्यही प्रवृत्तिको पुनरावृत्ति भइरहेको छ ।

ज्ञानेन्द्र शाही, उनका सहकर्मी र समर्थकहरुले लिने वा अपनाउने विचारहरु नितान्त उनीहरुका निजी अधिकारका विषय हुन् र त्यो अपनाउने अधिकार उनीहरुलाई छ, हुनुपर्छ । संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने अधिकार ज्ञानेन्द्र शाहीहरुलाई पनि उत्तिकै छ र हुनुपर्छ, जति त्यो अधिकार ज्ञानेन्द्र शाहीका विचारहरुलाई मन नपराउने वा उनको भन्दा भिन्न मत र विचार राख्नेहरुलाई छ । हो, ज्ञानेन्द्र शाहीका विचार र क्रियाकलापहरुले मुलुकको क्रियाशील कानून, व्यवस्था र प्रावधानहरुको उल्लंघन भएको छ, बर्खिलाप भएको छ भने निश्चय पनि त्यो दण्डनीय नै हुन्छ र त्यसबाट उन्मुक्ति पाउनु हुँदैन । तर, ज्ञानेन्द्र शाहीहरुको कामकारवाही दण्डनीय छ नै भने पनि त्यो राज्यको कानूनव्यवस्थाले तोकेको व्यवस्थाको परिधिभित्र रहेरै मात्रै कार्यान्वयन गरिनुपर्छ, उनीमाथि भौतिक आक्रमणबाट हैन ।

प्रकाशित भएको : September 29th, 2019

सम्वन्धित समाचारहरु