• शनिबार, बैशाख २२, २०८१
  • | May 4, 2024


दिनेश माङ्मु(लिम्बु)को निर्देशनमा ‘ढाकाको साडी’ सार्वजनिक(भिडियो सहित हेर्नुहोस)


नेपाली अपडेट
आइतवार, मंसिर १५, २०७६
 

धेरै फिल्म हरुको नृत्य निर्देशन साथै म्युजिक भिडियोहरको कोरियोग्राफी तथा निर्देशनमा छाईरहेका निर्देशक दिनेश माङमुले भिडियोलाई निर्देशन गरेका हुन ।

माङसेबुङ/किराती लिम्बु गित संगितमा ख्याती कमाएका मुन्धुमी गायक ब्रबिम सेर्मा र लोकप्रिय गायिका पूर्णिमा लामाको स्वरमा रहेको ‘ढाकाको साडी’ बोलको म्यूजिक भिडियो युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।भिडियोमा ढाकाबाट बनेको कपडा मायाको चिनोको रुपमा उपहार दिने सभ्यतालाई प्रेमिल भावको कलात्मक शैलीमा उतारिएको छ ।

गीतकार सिर्जना लिङदमको शब्द रहेको गीतलाई फणिन्द्र राईले एरेञ्ज गरेका हुन् । गायक ब्रबिम सेर्मा र डिल्ली विक्रम सेर्माको संगित रहेको यो भिडियोमा चर्चित कलाकार उमेश राई ‘फुःलेन्देको आमा’ र रेश्मा राईले दमदार अभिनय गरेका छन् ।

मुकेश हुमागाईको छाँयाङकन रहेको भिडयोलाई प्रकाश एसकेले सम्पादन गरेका हुन् । कविता तोलाङगीको सृङगारमा तयार भएको भिडियो ओर्जिन नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

(भिडियो सहित हेर्नुहोस)

प्रकाशित भएको : December 1st, 2019

सम्वन्धित समाचारहरु