• बुधबार, बैशाख १९, २०८१
  • | May 1, 2024


बीस किलो चरेस बरामद


नेपाली अपडेट
सोमवार, पुस ७, २०७६
 

वीरगंज- सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले २० किलो ८ सय ६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ।

सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको अवस्थामा २१ पोकामा रहेको सो परिमाणको चरेस धोबिनी गाउँपालिका-५ ओरिया खोला नजिकबाट बरामद गरेको हो।

सोमबार बिहान करीब ४ बजेतिर गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ दुईजना तस्करले सो चरेसको पोका फालेर भागेका थिए। बरामद गरेको चरेस इलाका प्रहरी कार्यालय पोखरीयालाई बुझाइएको बताइएको छ।

प्रकाशित भएको : December 23rd, 2019

सम्वन्धित समाचारहरु