• मङ्लबार, बैशाख १८, २०८१
  • | April 30, 2024


निशुल्क खाना खुँवाउँदै प्रदिप १६ चैत देखि गरिव दु:खीलाई


नेपाली अपडेट
मङ्लबार, मंसिर ३०, २०७७
 

चैत ११ बाट लकडाउन भएदेखी युवा प्रदिप घिमिरेले थालेको खाना बाँड्ने कामले निरन्तरता पाएको छ ।
उनलाई याद छ, चैत १५ गतेको दिन थियो ।

उताबाट खबर आयो– चुल्हो निभेका कुनै व्यक्तिहरूबाट फोन आयो । म कहाँ ४८ जना बच्चाहरु छन् । भोकभोकै छन् । सहयोगको अपेक्षाले तपाईलाई सम्पर्क गरेको हो ।

त्यो सुनेर प्रदिपको मन बिझायो । भोलीपल्ट उनी दाल, चामल, तरकारी लगायत दैनिक उपभोग्य सामानहरु लिएर त्यो ठाउ पुगे । उनको त्यो काममा चार, पाँच जनाको सहयोग थियो ।

अर्को दिन फेरी महिला, वालवालिका क्षेत्रमा काम गर्ने अर्को संस्थाबाट पनि सोही प्रकृतिको फोन आयो । त्यहाँ २९ जना वालवालिकाहरु आश्रय लिईरहेका थिए । राहत लिएर उनी त्यहाँ पनि पुगे । सहयोगको यो क्रम केही समय चलिरह्यो । बिभिन्न जिल्लाहरुमा पनि उनी राहात लिएर पुगे ।

प्रदिपले मानिस मात्र हैन, बाँदर, कुकुर, गाईलाई पनि खाना बाँडे । मानिसले माग्न सक्छ कसैलाई तर पशु पंक्षीले कसलाई माग्नु ? उनी भन्छन् ‘त्यही मानविय हिसाबले सेवा गरेको हो ।’ उनले पशुपतिमा गएर गाई, बादरलाई पनि खाना बाँडिरहेका छन् ।

चैत १६, ०७६ बाट प्रदिपले सडकमा खाना बाँड्न थालेका थिए । अहिले उनले दैनिक रुपमा एक सयलाई खाना खुवाईरहेका छन् । पहिला भने ३ सयलाई खाना खुवाउने गर्थे । सूरुसूरुमा उनी हरेक दिन राती ८ देखी १० बजेको बिचमा प्रदिप खाना बाँड्न असन, इन्द्रचोक, भेडासिंह, बांघेमुडा, जैसिदेवल, क्षेत्रपाटी, डल्लु, ढल्को, नरदेवी, टंकेश्वर, टेकु कुलेश्वर, कालमोचन घाट, थापाथली राममन्दिर, मैतीदेवी र पशुपति क्षेत्रमा पुग्थे ।

अहिले पनि मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, गौशाला, बत्तिसपुतली, पशुपतिमा खाना बाँडिरहेका छन् । यो भीडमा सडकमा प्लास्टिक उठाउने, मानसिक असन्तुलन भएका, मजदुरहरु भेटिन्छन् । रोजगार नपाएका व्यक्तिहरु यो भीडमा बढी छन् । पहिले–पहिले एक जना व्यक्तिलाई खानासँगै १ बोत्तल पानी पनि बाँड्थे । तर, कतिले पानीको बोत्तल बेचेर रक्सी पिएको देखें । अहिले २, ३ जनालाई भाग लगाएर एउटा मिनरल बोत्तल बाँड्छौ ।

‘अहिले खाना बितरण गर्न पनि सजिलो छ ।’ उनले भने ‘पहिले पहिले भीडभाड भएर काम गर्न गाह्रो भयो ।’ यो सबै काममा लागी दैनिक १० हजार रुपैंया खर्च भईरहेको उनी बताउँछन् । अहिले तरकारी र खाद्यान्न महंगिएकाले झन् खर्च व्यवस्थापन गर्न गाह्रो भईरहेको उनको अनुभव छ ।

घरमै खाना बनाएकाले हाइजेनिक हुने प्रदिपको दावी छ । शरीरलाइ चाहिने क्यालोरी, प्रोटिन, क्याल्सियमयुक्त खानेकुरा बाँड्ने गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘सोसल डिस्ट्यान्स राखेर बाडिराछौं । कहिले खाना पुग्दैनथ्यो । कहिले बढी हुन्थ्यो ।’
उनलाई कतिले ‘तँलाई कुट्छु’ भन्थे । कतिलाई खाना बाँड्न खोज्दा ‘मलाई खाना खाने जस्तो देखिस् ?’ भनेर प्रतिप्रश्न गर्थे । कतिले घर जान पैसाको अभाव भएर भाडा माग्थे ।

हरेक दिन मास्क, पिपिइ, पन्जा, भाइजल, हेयर क्याप लगाएर निस्किन्छन् । त्यत्रो भीडमा जाँदा जोखिम हुन्छ । केही गरी कोरोना लागिहालेमा ? यो प्रश्नमा उनी आत्मविश्वास देखिए– आत्तिनु पर्दैन । निको हुन्छ । धुम्रपान, मद्यपान गर्नेहरुलाई छिटो छुन्छ ।

कसरी व्यवस्थापन गरे त ?

लामो समयदेखी सडकमा रहेकाहरुलाई खाना वितरण गरिरहेका प्रदिपले कसरी व्यवस्थापन गरिरहेका छन् त ? स्वदेशी तथा विदेशमा रहने तमाम नेपालीहरुको सहयोगले उनलाई सहयोग पुग्यो । साना तथा बित्तिय संस्थाहरुले पनि उनको काममा साथ दिए । कुमारी बैंकले १ लाख रुपैंयाँ दिएर सहयोग गर्‍यो ।तर यति नै उनको अभियानका लागी काफी छैन ।तर, कोरोना कालमा अवस्था भने झन् जटिल बन्दै छ । उनलाई खाना पुर्‍याउँन सवारी साधनको समस्या छ । आर्थिक समस्या उत्तिकै छ । जाडो मौसम सूरु भएकाले लुगा, कपडा बाँड्नु पर्ने अवस्था आइ लागेको छ ।आफ्नो अभियानबाट पछि हटेका छैनन् प्रदिप ।

प्रकाशित भएको : December 15th, 2020

सम्वन्धित समाचारहरु