• बुधबार, बैशाख २६, २०८१
  • | May 8, 2024


बौद्ध तेमाल जात्राको तीर्थालु श्रद्धालु भक्तजनहरुमा अपिल जारी


नेपाली अपडेट
शुक्रबार, बैशाख १०, २०७८
 

एकाठमाडौं । बिश्व सम्पदा सुचीमा सुचिकृत ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक बिश्व बौद्ध धर्मलम्विहरुको आस्थाको केन्द्र बौद्ध महास्तुपामा ऐतिहासिक बौद्ध तेमाल जात्रा “राष्ट्रिय पर्व” प्रत्येक बर्ष झैं यश वर्ष १३गते सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा हाल
दोस्रो लहरको संक्रमित कोरोना Covid-19 तीव्र रुपले फैलिएको अवस्थामा महामारीलाई मध्यनजर गर्दै जना हितकोको निम्ति बौद्ध तेमाल जात्रा मुल व्यवस्थापन समितिका संयोजक बौद्ध नाथ क्षेत्र विकास समितिबाट सकभर आ आफ्नो घर घरमा आ आफ्नो स्थानमै बसेर (ङो मोलाम)पूजापाठ गरि बौद्ध तेमाल जात्रा मनाउन हार्दिक अपिल जारी गरेका छन्।

बौद्धनाथमा हुने यश बौद्ध तेमाल जात्रालाई परम्परा देखि तामाङ जातिको यश संस्कृति लाई जीवन्तता प्रदान गर्न स्थानीय संघसंस्थाको सहभागिता र श्री बौद्ध नाथ क्षेत्र विकास समितिको संयोजकत्वमा व्यवस्थापन गर्दै आईरहेको छ।        बौद्ध तेमाल जात्रामा पाल्नु हुने श्रद्धालु तीर्थालु भक्त जनामा जना हितका निम्ति सुरक्षा अपनाउन समेत हार्दिक अनुरोध गरेका छन।
प्रत्येक बर्ष चैत पुर्णिामाको एकदिन अगाडि बौद्ध महाचैत्यमा पितृ मोक्षाका निम्ति बत्ती बाल्दै चैत पुर्णिामाका दिन बालाजु बाईसधारामा स्नान गर्दै स्वयम्भू महाचैत्यमा पुगेर पूजाआजा सकिने बौद्ध तेमाल जात्र विसर्जन हुने गर्दछ।

प्रकाशित भएको : April 23rd, 2021

सम्वन्धित समाचारहरु