• आइतवार, कार्तिक २, २०८३
  • | October 18, 2026


बौद्धमा लैंगिक हिंसा बिरुद्ध जनचेतना


नेपाली अपडेट
शुक्रबार, मंसिर २३, २०७९
 

 

बौद्धमा लैंगिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रम सम्पन्न

काठमाडौं ।”सभ्य समाजको पहिचान लैंगिक हिंसाको” अभियान भन्ने नाराका साथ बौद्धमा लैंगिक हिंसा बिरुद्ध १६ दिने कार्यक्रम सम्पन्न भएको छ।

श्री सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बौद्ध , छोरङान महिला समाज र एकल महिला समाजको संयुक्त आयोजना रहेको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य काठमाडौं क्षेत्र नं ३(क) का माननीय छिरिङ दोर्जे लामा ज्यूकोले छ्योईमे बत्ती बलेर समुद् उद्घाटन गर्नु हुदै नेपाली समाजमा महिलाबाट पुरुष पनि हिंसामा परिरहेको यसको अन्त्य घर घरबाटै गर्नु पर्नेमा जोड दिनु हुदै आफ्नो मन्तव्य राख्नु भएको थियो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बौद्ध का अध्यक्ष वीर बहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय बिद्यालय, सुरक्षा निकाय , विभिन्न संघसंस्था समाजसेवी ,बुद्धिजीवी लगायत सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम प्रभातफेरी सहित बौद्ध परिसर ,बौद्ध पिपलबोट,बौद्ध टुसाल पुनः बौद्ध परिसर हुदै बौद्ध तामाङ कल्याण गुठीको सभा हलमा पुगि औपचारिक कार्यक्रम गरि समापन गरिएको थियो ।

प्रकाशित भएको : December 9th, 2022

सम्वन्धित समाचारहरु