• शुक्रबार, बैशाख २१, २०८१
  • | May 3, 2024


बौद्धमा माम् ला जात्रा पर्व भव्यताकासाथ सम्पन्न


नेपाली अपडेट
सोमवार, माघ २३, २०७९
 

काठमाडौं ।बौद्ध स्थिय”मामलाजात्रा” पर्व लाई हर्ष उल्लासकासाथ मनाऔं भन्ने नारालाई आत्मसात गर्दै मनाईयो
परम्परा संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रवर्द्धन गरौं”
बौद्धको ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक पर्व माम् ला जात्रा भव्यरुपले सम्पन्न भएको छ।

बौद्ध स्थानीय वासिन्दाहरुले अजिमालाई खटमा राखेर “मामलाजात्रा लिया लिया , मामलाजात्रा लिया लिया” भन्दै बौद्ध परिसर बौद्ध पिपल बोट, टुसाल चोक हुदै पुनः बौद्ध परिसरमा पुगी कार्यक्रम विसर्जन गरिएको थियो ।

परपुर्वकाल देखि मनाईदै आईरहेको पर्व परम्परागत ऐतिहासिक साँस्कृतिक एवम् धार्मिक महत्त्वपूर्ण , बौद्धमा हरेक मघ शुक्ल पुर्णिामाको दिन मनाउँदै आईरहेको बौद्ध क्षेत्रको रक्षाका र इष्टदेवको रुपमा पूजाअर्चना गरिने गर्दछ।

बौद्ध तामाङ कल्याण गुठी ओम् तामाङ सुखदुःख गुठी लगायतका स्थानीय गुठीले आ आफ्नो गुठीले गुठियारहरुलाई भोजको आयोजना गरिएको थियो। जात्रा(अजिमा) अर्थात “मामलाजात्रा ” भव्य सभ्य रुपले हर्ष उल्लासकासाथ उत्साह,उमंगले मनाएको थियो ।

प्रकाशित भएको : February 6th, 2023

सम्वन्धित समाचारहरु