• मङ्लबार, बैशाख १८, २०८१
  • | April 30, 2024


फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति


नेपाली अपडेट
सोमवार, चैत्र ६, २०७९
 

सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराउने जनाएपनि गत फागुन महिनामा वैदेशिक रोजगारीमा जानका लागि ६१ हजार बढीले श्रम स्वीकृति लिएका छन् । फागुनमा नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति र व्यक्तिगत गरी ६१ हजार ८ सय ४५ ले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

कुन देशमा कति

फागुनमा सबैभन्दा बढी मलेसियाका लागि १९ हजार ८ सय २४ ले श्रम स्वीकृति लिएका छन् । कतारका लागि ११ हजार ३ सय ३, संयुक्त अरब इमिरेट्सका लागि ९ हजार ७ सय ९५, साउदी अरेबियाका लागि ९ हजार ५ सय ३, कुवेतका लागि २ हजार ४ सय ६२, दक्षिण कोरियाका लागि २ हजार २ सय २७ र रोमानियका लागि १ हजार ७० जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका लािग श्रम स्वीकृति लिनेमा अदक्ष कामदारको सङ्ख्या उल्लेख्य रहेको छ । फागुनमा १३ हजार ५ सय ८० अदक्ष कामदारले श्रम स्वीकृति लिएका छन् । ४२ हजार ७ सय १८ दक्ष, ५ हजार ४ सय ४९ अर्धदक्ष, ६८ व्यावसायिक र ३० उच्च दक्ष श्रमिकले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रकाशित भएको : March 20th, 2023

सम्वन्धित समाचारहरु