• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


रबि लामिछाने प क्राउ परे सङ्गै धुर्मुसले गरे यस्तो आग्रह


नेपाली अपडेट
आइतवार, भदौ ८, २०७६
 

काठमाडौं, ५ भदौ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई प क्राउ परेपछि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ ले आफ्नो प्रकिया दिएका छन । उनले रविको पक्राउको विषयमा पनि आफ्नो धारण सार्वजनिक गर्दै उनले निष्पक्ष छानबिनको माग गरेका छन् । ‘अनुसन्धानका लागि प्रहरीले रवि लामिछाने दाइलाई हि रासतमा लिएको छ । यसले सत्यतथ्य छानबीन गर्न थप मद्दत गर्ने छ’, कट्टेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी आशा गर्छौं, यसको निष्पक्ष छानबिन होस । निर्दोषहरू नपरून् दोषीहरू नछुटुन् । सत्यको जित होस । शुभ दिन ।

यो उनको रविलाई प क्राउ पर्ने वित्तिकै लेखेको स्टाटस थियो । रवि लामिछाने सहित तीन जनालाई दोस्रो पटक अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएपछि धुर्मुसले फेरी आफनो धारणा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसवुक मार्फत रविलाई प क्राउ परेपछिको उत्पन्न परिस्थितिले आफु लगायत सबैलाई दुखी बनाएको प्रतिकृया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्

अदालतले अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दोषि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै हो । पत्रकार स्व।शालिकराम पुडासैनीको आत्महत्या (पोष्टमार्टम रिपोर्ट अनुसार) संगै भ्रष्टाचार, अन्याय, ढिलासुस्ती र अनियमितताका विरुद्ध र दुःखीपीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रबि लामिछाने दाई अनुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो ।

समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, सालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ। साथै घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।

प्रकाशित भएको : August 25th, 2019

सम्वन्धित समाचारहरु