• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


धादिङको रुबीभ्यालीमा पहिरोका कारण सम्पर्क विच्छेद, सहयोग समेत उपलब्ध गराउन नसकिने अवस्था


नेपाली अपडेट
सोमवार, भदौ ९, २०७६
 

काठमान्डौ भाद्र ९ । धादिङको रुबीभ्यालीमा पहिरोका कारण सम्पर्क विच्छेद, सहयोग समेत उपलब्ध गराउन नसकिने अवस्था

विकट उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–५ नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र बाटोमा पहिरो आएर थुनिएपछि सम्पर्क विच्छेद भएको छ ।

केही दिनदेखि निरन्तर परेको पानीले पहाड खसेर गणेश हिमाल खोलामा थुनिएको र खोलो उक्त स्थान पार गर्ने नसकिने गरी पहिरो झरेकाले गाउँबाट अन्य गाउँसँग सम्पर्क विच्छेद भएको गाउँपालिका– ५ का वडाध्यक्ष धीरज तामाङले बताउनुभयो ।

पैँसट्ठी घरधुरी रहेको नेवेर गाउँबाट अन्य गाउँ जाने एक मात्र तातोपानी हुँदै जाने बाटोमा आएको पहिरोले बाटो र खोलासमेत थुनिएकाले सँगै अन्य गाउँको सम्पर्क टुटेको स्थानीयवासी टिसमान तामाङले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामबाट तीन दिनको पैदलदुरीमा रहेको नेवेर गाउँ गणेश हिमालको फेदीमा रहेको तामाङ समुदायको बस्ती हो । आवतजावत नै बन्द भएकोले गाउँमा कुनै समस्या तथा विपद् पर्दा सहयोग समेत उपलब्ध गराउन नसकिने अवस्थामा पुगेको छ ।

प्रकाशित भएको : August 26th, 2019

सम्वन्धित समाचारहरु