• बिहिबार, बैशाख ६, २०८१
  • | April 18, 2024


रवि लामिछाने ५ लाख धरौटीमा रिहा


नेपाली अपडेट
सोमवार, भदौ ९, २०७६
 

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्रकरणमा अनुसन्धानको लागि भन्दै प*क्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पनि ५ लाख तारेखमा धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सरकारी वकिलको तर्फबाट गोपिलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाललगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए ।

२० साउनमा चितवनको कंगारु होटलमा मृ*त फेला परेका पुडासैनीले मृ*त्युअघि रेकर्ड गरेको भिडियोमा रविसहित युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको कारण म*र्न बाध्य भएको पाइएपछि उनीहरु ३० साउनमा काठमाडौंबाट पक्राउ परेका थिए ।

यस्तै युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय चितवनले १० दिनको म्याद थपेर अनुसन्धान गरेको थियो । प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिलको कार्यालयलाई पेश गरेको फाइलको आधारमा जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर भएको थियो ।

प्रकाशित भएको : August 26th, 2019

सम्वन्धित समाचारहरु