• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


रवि लामिछानेले पुडासैनी मृ*त्युबारे सार्वजनिक रुपमा बाेल्न नपाउने


नेपाली अपडेट
सोमवार, भदौ ९, २०७६
 

 

९ भदौ, काठमाडौं । शालिकराम पुडासैनीको आ*त्मह*त्या दरुत्साहनको मु*द्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् ।

जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने साधारण तारेखमा रिहा गरेको छ ।

साथै रवि र युवराजलाई यो मुद्दाबारे सार्वजनिक रुपमा बोल्न समेत रोक लगाएको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाका अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मु*द्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक लाइभ, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ ।

लामिछाने सञ्चालक रहेको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका पूर्व पत्रकार पत्रकार पुडासैनी २० साउनमा चितवनको एक होटलमा झु*ण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रकाशित भएको : August 26th, 2019

सम्वन्धित समाचारहरु