रवि लामिछानेले सरकार र नेताहरुको कार्य र सोचले गर्दा देश अहिले यो अवस्थामा छ र आफु कहिले पनि राजनीतिमा नआउने र आफ्नो संचारकर्मीको पेशालाई सधै उच्च ठाउमा राखी जनताको आवाज टिभिबाट देखाउने बाचा सम्म गरे । रविले आफ्नो सम्पतिको बारेमा आएको टिप्पणीलाइ लिएर भने: “सरकारले मेरो सम्पति हेरे हुन्छ, मेरो ऋण देख्दा सरकार ढल्ने हुन् कि भन्ने पो डर छ ।”
प्रदशनकारीलाई छाडियो
कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई आज छाडिएको छ । सो क्रममा सोमबारसम्म ४८ जना पक्राउ परेका थिए । पत्रकार शालिकराम पुडासैनी मृ त्यु प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीनै जना सोमबार धरौटीमा रिहा भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।
यसैबीच पत्रकार पुडासैनी मृ त्यु प्रकरणमा धरौटीमा रिहा हुनुभएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ । यस क्रममा आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै उहाँले भविष्यमा राजनीतिमा लाग्न बाटो नरोकिएको बताउनुभयो ।सो मुद्दाको थुनछेक बहसका क्रममा सोमबार लामिछानेलाई रु पाँच लाख, युवराज कँडेललाई रु तीन लाख र अस्मिता भनिने रुकु कार्कीलाई शुद्ध तारेखमा अदालतले छाडेको थियो । उनीहरुको आगामी असोज ५ गते तारेख तोकिएको छ ।