• शुक्रबार, चैत्र १६, २०८०
  • | March 29, 2024


युवाहरुको माग : “शेरबहादुर, प्रचण्ड, ओलीको परिक्षा धेरै हेरियो अब प्रधानमन्त्री बन्ने पालो रवि लामिछानेको”


नेपाली अपडेट
मङ्लबार, भदौ १०, २०७६
 

काठमान्डौ भाद्र १० :रवि लामिछानेको समर्थनमा काठमाडौंमा निस्किएको र्यालीमा सहभागी भएकाहरुले रवि लामिछाने जस्ता युवा अब देशको प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । उनीहरुले अब मुलुकको नेतृत्व युवा वर्गले लिनुपर्ने भन्दै रवि लामिछानेलाई मुलुकको भावी प्रधानमन्त्रीको रुपमा हेरेको बताए । काठमाडौंको नयाँ बानेश्वरमा भएको र्यालीमा सहभागी भएका रविका समर्थकले र्याली पछि भएको कोण सभामा बोल्दै यस्तो बताएका हुन् ।

उनीहरुले अब केपी ओली, प्रचण्ड र शेरवहादुर जस्ता नेतालाई जनताले परिक्षा गरिसकेको भन्दै युवा पुस्ताले अब मुलुकको नेतृत्व गर्ने अवसर पाउनु पर्ने बताए । रविका समर्थक नेताले मन्तब्य राख्दै त्यसो भनिरहँदा र्यालीमा सहभागीहरुले तालि बजाएर उनको भनाईलाई समर्थन गरेका थिए ।

कोण सभा चलिरहँदा चितवनमा रवि लामिछाने रिहा भएको खबर पाएपछि उनी निकै हौसिएका थिए । निकै आक्रामक रुपमा प्रस्तुत भएका उनीहरुले काठमाडौंमा र्याली गर्ने वातावरण बनाइदिएको भन्दै सुरक्षाकर्मीलाई धन्यवाद समेत दिएका थिए । काठमाडौंमा र्याली र आन्दोलन गर्दा हस्तक्षेप नगरेको भन्दै रविका समर्थकले प्रसंशा गरेका थिए ।

प्रकाशित भएको : August 27th, 2019

सम्वन्धित समाचारहरु