• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


रेखा थापाले रबी बहीर निस्के पछी फेसबुकमा यस्तो लेखिन ।


नेपाली अपडेट
बुधबार, भदौ ११, २०७६
 

जब मान्छेहरु उर्लेको र कुर्लेको देख्छु, देशमा लोकतन्त्र छ भन्ने अभास हुन्छ । के बिषय र कस्तो बिषय भन्ने फरक कुरा हो । बोल्न चाँही नेपाल बोलेको हुन्छ । बोल्दा आफु मालिक हुनुको अनुभुती हुन्छ ।
आफु रैति हैन भन्ने लाग्छ । त्यस कारण केही अन्तरालमा हामी नेपालीलाई केही बहाना चाहिन्छन । हामी दमित देश र दमनको ब्यबस्थामा जन्मे हुर्केको भएर हामीलाई दमन सँग डर छ । हामी आफु स्वतन्त्र छौ भन्ने देखाइ रहनु पर्छ । हरेक ब्यक्ती आफु राजा हुँ, मालिक हुँ भन्ने देखाउन चाहन्छ ।

गणतन्त्रमा म के कम!! भन्ने दावी गर्न ब्यक्ती ब्यक्ती मै प्रतिस्पर्दा छ । आफुलाई कसैले कम नठानोस र म राजा भएर हेर्दा कस्तो हुदो हो भन्ने रहर पलाउने नै भये । यो एउटा पेशा क्षेत्र वा समुहको कुरा होइन- पुरै समाज र सबै मान्छे भित्र एकपटक राजा हुने रहर छ । म मालिक हुँ र मलाई कसैले केही भन्न मिल्दैन भन्ने अनुभव गर्न चाहन्छौ । जब कसैले हामीलाई (जेसुकै कारण) रोक्न खोज्छ- त्यो बैरी लाग्छ I कसैले हामीलाई रोक्न नसक्दा-हामी जितेको ठान्छौ । किनकी हामी भित्र बाट कमजोर छौ र नाम मात्रको स्वतन्त्र ।

प्रकाशित भएको : August 28th, 2019

सम्वन्धित समाचारहरु