• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २ घाइते


नेपाली अपडेट
बुधबार, भदौ १८, २०७६
 

१८ भदौ, काठमाडौ । रामेछापमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृ*त्यु भएको छ । दुईजना घाइते भएका छन् ।

मन्थली नगरपालिका-२ बान्द्रेमा ना६त ६३०१ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल खस्दा मन्थली-१ सानिमदौका ४० वर्षीय धुर्व रोक्को मृ*त्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका रोक्काको मन्थलीस्थित तामाकोशी अस्पतालमा उपचारका क्रममा मृ*त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका चालक मन्थली नगरपालिका-७ भटौलीका २२ वर्षीय रोशन परियार र ट्याक्टरमा सवार दोरम्बा गाउँपालिका-५ खरीढुंगाका १७ वर्षीय दिनेश नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित भएको : September 4th, 2019

सम्वन्धित समाचारहरु