• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


एटीएम ह्याकले खडा गरेको बैङ्किङ सुरक्षाको बहस नेपालका बैङ्क : नाफामात्रै कमाउने, सुरक्षामा खर्चै नगर्ने !


नेपाली अपडेट
बुधबार, भदौ १८, २०७६
 

१८ भदौ, काठमाडौ । बैङ्क भनेको हजारौँ सर्वसाधारणको निक्षेप जम्मा गर्ने ठाउँ हो । बैङ्कमा चोरी हुँदा चोरिने भनेको तिनै निक्षेपकर्ताले जम्मा गरेको रकम हो । यसकारण पनि बैङ्किङ क्षेत्रको घटनाले आम सर्वसाधारणमा पनि डर पैदा हुनु स्वाभाविक हो ।बैङ्किङ क्षेत्रमा गत शनिबार भएको घटनाले आम निक्षेपकर्तालाई तनाव थप्यो भने बैङ्कहरुलाई पाठ सिकायो । यद्यपि, राष्ट्र बैङ्कले निक्षेपकर्ताको पैसा सुरक्षित रहेको स्पष्ट पारिसकेको छ ।

तर आईटीविज्ञ यसमा नेपाली बैङ्कहरुकै कमजोरी रहेको बताउँछन् । आईटीविज्ञ विनोद ढकाल भन्छन्, ‘बैङ्कहरुले साइबर सुरक्षाका लागि खासै रकम खर्च गरेको देखिएको छैन । सिस्टममा केही नछिरून् भनेर फायरवाल राख्ने कुरा हुन्छ । सफ्टवेयर हुन्छ, जसले अरुलाई भित्र छिर्नबाट रोक्छ । त्यो सफ्टवेयर नेपालमा बन्दैन । यो महँगो पर्न जान्छ । महँगै लगानीमा सुरक्षा नअपनाएको देखियो ।’

यता अर्का सूचना प्रविधिका जानकार दिवस न्यौपाने बैङ्कहरुले नाफा राम्रै कमाउने तर सुरक्षामा भने खासै खर्च गर्न नचाहेको यो घटनाले पुष्टि गरेको बताउँछन् । एटीएम, त्यसका लागि चाहिने पूर्वाधार र कोर बैङ्किङलाई चुस्त किसिमले मनिटरिङ गर्नुपर्ने उनको भनाइ छ ।

अर्का विज्ञ मनोहर भट्टराई वित्तीय क्षेत्रका लागि आईटी इमरजेन्सी रेस्पोन्स टिमको आश्यकता आँैल्याउँछन् । उनी भन्छन्, ‘विदेशमा यस्ता खालको टिम हुन्छ, नेपालमा पनि यो टिम सरकारी तबरबाटै खडा गर्नुपर्छ ।’

प्रकाशित भएको : September 4th, 2019

सम्वन्धित समाचारहरु